Salime Malika Krishi Farm

Awareness Campaign

मुसिकोटमा पाचौँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आजदेखि सुरु हुने



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

विष्णुप्रसाद आचार्य ‘चकित’, गुल्मी: मुसिकोटमा नगरस्तरीय पाचौँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता बुधबारदेखि सुरु हुने भएको छ। कार्यक्रमको पुर्व मंत्री एवं वर्तमान गुल्मी क्षेत्र नम्बर २ का सांसद गोकर्ण विष्टद्वारा उद्घाटन हुने मुसिकोट नगर खेलकुद विकास समितिका अध्यक्ष सन्दिप खत्रीले जानकारी दिनुभयो।

बुधबारदेखि सुरु भएर ३ दिनसम्म चल्ने कार्यक्रम शुक्रबार सम्पन्न गर्ने गरी कार्यक्रमको कार्यतालिका निर्माण गरिएको अध्यक्ष खत्रीले बताउनुभयो।

मुसिकोट नगरपालिका भित्रका विद्यालय तथा विद्यार्थीहरु बीच प्रतिस्पर्धात्मक रुपमा संचालन हुने कार्यक्रम लगायत व्यवस्थापनको सम्पूर्ण तयारी पुरा भएको उहाँले बताउनुभयो। राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा मुसिकोट नगरपालिका भित्रका संस्थागत र सामुदायिक गरी १९ विद्यालय सहभागी हुनेछन भने १७ विद्यालयले प्रतिस्पर्धामा भाग लिनेछन।

सिंचाई
Forest
Ad.

कार्यक्रम संचालन तथा सम्पन्न गर्नका लागि विभिन्न जिम्मेवारीहरु बाँडफाड गरेर काम गरिएको बताइएको छ। विद्यार्थीहरुको प्रतिभा पहिचान तथा प्रस्फुटन गरि उत्प्रेरणा जगाउने र रचनात्मक क्षमताको खोजि गरि प्रोत्साहन गर्ने उद्येश्यका साथ कार्यक्रम गरिएको हो।

यसले गर्दा खेल क्षेत्रको विकासको साथै विद्यार्थी तथा विद्यालयहरुबीच प्रतिस्प्रधात्मक र सहयोगी भावना बढ्नुको साथै आपसमा नया परिचयको सुरुवात हुने नगरपालिकाको विश्वास रहेको छ।

कार्यक्रममा पहिलो दिन ३ गते कार्यक्रम उद्घाटनसंगै मार्च पास, कराते खेलद्वारा खेल उद्घाटन, छात्रछात्रा कबड्डी, छात्रछात्रा भलिबल, १५०० मिटर दौड छात्र, १०० मिटर दौड छात्रछात्रा, २०० मिटर दौड छात्रछात्रा कार्यक्रम हुनेछन।

त्यस्तै दोश्रो दिन ४ गते ३०० मिटर दौड छात्रछात्रा, ८०० मिटर दौड छात्रछात्रा, ४०० मिटर दौड छात्रछात्रा, भलिबल छात्रछात्रा, हाइजम्प छात्रछात्रा, सटपुट छात्रछात्रा, कबड्डी छात्रछात्रा, लङ्ग जम्प छात्रछात्रा, ज्याभलिङ्ग थ्रो, त्रिपाल जम्प छात्रछात्रा, रिले दौड छात्रछात्रा लगायतका कार्यक्रम संचालन हुने शिक्षा शाखा प्रमुख प्रकाश नेपालीले बताउनुभयो।

Awareness by SKF

त्यस्तै ५ गते अन्तिम दिन विभिन्न खेल कार्यक्रमसंगै समापनका कार्यक्रमहरु हुने मुसिकोट नगरपालिका नगर खेलकुद विकास समितिले जनाएको छ। कार्यक्रम मुसिकोट नगरपालिका ४ ग्वादिकाचौरमा संचालन हुनेछ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया