Salime Malika Krishi Farm

Awareness Campaign

वार्षिकोत्सवमा विद्यार्थीको प्रदर्शनी: दुरुस्तै विद्यालयको हस्तकला देखि रोबोटसम्म



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

माधव ज्ञवाली, गुल्मी: जनबोध मावि रुरुक्षेत्र ४-५ रानिवास गुलीमा विद्यार्थीद्वारा निर्मित सामग्रीको प्रदर्शनी गरिएको छ। हरेक वर्षझैं यसवर्ष पनि विद्यालयको ५१ औँ वार्षिकोत्सवको अवसरमा चित्रकला, हस्तकला, विज्ञान कला, बाली क्लिनिक, माटो परिक्षण एवं परामर्श सेवा तथा कृषि प्रदर्शनी गरिएको हो। विद्यार्थीहरुको अतिरिक्त प्रतिभाको प्रस्फुटन र विकासका लागि विद्यालयले हरेक वर्ष प्रदर्शनी गर्दै आएको छ।

विद्यार्थीहरुले आफैंले तयार गरेका चित्रकला, हस्तकला लगायत विज्ञानसम्बन्धि विभिन्न सामग्रीहरु प्रदर्शनीमा राखेका थिए, प्रदर्शनी माघ २९ देखि फागुन २ गते विद्यालयको वार्षिकोत्सवको दिनसम्म गरिएको थियो। वार्षिकोत्सव आज धुमधाम सहित समापन गरिएको छ। त्यसै विद्यालयमा कक्षा १२ मा बिज्ञान संकायमा अध्ययनरत छात्र सुजन पन्थले आफू एक्लैको प्रयासले सेन्सर एवं रिमोर्टबाट चल्ने रोवर्ट बनाएर प्रदर्शनीमा राखेका थिए जुन रोवर्ट प्रदर्शनीको केन्द्रबिन्दुमा रहेको थियो।

उनले कार्वन पेपर, प्लाई, सिरिन्ज, सेन्सर लाइट लगायतको जोहो गरि करिव २५ सय खर्चिएर एक हप्तामा उक्त रोवर्ट बनाएको बताए। सामानको अभावले गर्दा आफुले सामान्य खालको बनाएको उनको भनाई छ। यता कक्षा १२ मा विज्ञान संकायमै अध्यनरत रुरुक्षेत्र ३ थानापती घर भएकि मनिषा नेपाली र रुरुक्षेत्र २ ग्वादी घर भएकी रोशना गरौजाले विद्यालयको झल्को नै मेटिने गरी विभिन्न खाले पेपरबाट विद्यालयको हस्तकला नै बनाएका छन् ।

सिंचाई
Forest
Ad.

रुरुक्षेत्र ४ बलेटक्सार घर भएका निशान कंडेल कक्षा ११ मा बाली विज्ञान संकायमा अध्ययनरत छन्, उनले घर वरिपरि रहेको सानो तथा खाली जग्गालाई कसरी व्यवस्थित गर्न सकिन्छ र त्यसमा कसरी व्यवस्थित करेसाबारी निर्माण गर्न सकिन्छ भन्ने देखाउन पर्माकल्चर प्रदर्शनी गरेका थिए।

उनले देखाएको प्रदर्शनीबाट विद्यालयमा आएका धेरैले आगामी दिनमा आफुले पनि प्रदर्शनीमा बताइए अनुसार अनुसरण गर्ने र घर वरिपरिको खाली जग्गालाई सदुपयोग प्रतिक्रिया दिएका थिए। यस बाहेक विद्यार्थीहरुले आफ्नै हातले बनाएका तस्विर, विभिन्न प्रख्यात ब्यक्तिका फोटा, पुरामा र लोप हुन आँटेका ऐतिहासिक बस्तुहरुको प्रदर्शनी गरेका थिए। पुराना रेडियो, क्यामेरा, मधुस, चौँठी, ठेकी, पुराना सिक्का, सारङ्गी, माटोबाट बनेको मटुलो, हाँडी, डोका, हुँक्का लगायत विभिन्न ऐतिहासिक वस्तुहरुको प्रदर्शनी गरेका थिए।

विद्यार्थीको प्रतिभाको अवलोकन गर्दै अभिभावकले विद्यार्थी र विद्यालयको कदमप्रति सम्मान प्रकट गरेका छन्। विद्यार्थीहरुको अतिरिक्त प्रतिभाको विकासका लागि विद्यालयले प्रदर्शनी कार्यक्रमको आयोजना गरेको प्रधानाध्यापक बामदेव ज्ञवालीले बताए। -सेतोमसी

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया