गुल्मी: गुल्मीको सदरमुकाम तम्घासबाट गए राती ट्याक्टर चोरी भएको छ। तम्घास बजारको बेरियलचोकमा पार्किङ गरि राखिएको श्रेष्ठ कन्ट्रक्सनकाे लु २त ८०९४ नम्बरकाे हाेलायन्ड फाेरबिल ट्याक्टर चाेरी भएको कन्ट्रक्सनका सञ्चालक हरि कुमार श्रेष्ठले बताए। ट्याक्टरमा निर्माण सामाग्री रहेको बुझिएको छ।
यता जिल्ला प्रहरी कार्यालय गुल्मीले घटनाको अनुसन्धान गरिरहेको बताएको छ। घटनाको नजीक पुगेको बताउदै केही समय भित्रै ट्याक्टर र ट्याक्टर चोरी गर्नेलाई नियन्त्रणमा लिने गुल्मीका प्रहरी प्रमुख नवीन किशोर प्रधानले बताए। -गुल्मी अपडेट (फाइल फोटो)
कमेन्ट गर्नुहोस्
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |




