गुल्मी: गुल्मीको रेसुङ्गा नगरपालिकाकाले बावुआमा बिहिन बालबालिकालाई विद्यालयमा आवश्यक पर्ने सामग्री वितरण गरेको छ। शुक्रबार नगरपालिकाको आयोजनामा नगरभित्रका विद्यालयमा रहेका २८ जना बालबालिकालाई सामग्री वितरण गरिएको हो।
नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको कार्यक्रम अनुसार नगरपालिकाका १४ वटै वडामा रहेका सामुदायिक विद्यालयका बावुआमाविहिन बालबालिकालाई विद्यालय पोशाक, झोला र जुत्ता वितरण गरेको त्यस शाखाकी कल्पना पाण्डेले बताउनुभयो।
बालबालिकालाई सामग्री वितरण गर्दै नगरप्रमुख खिलध्वज पन्थीले बावुआमा विहिन बालबालिकाको अभिभावक नगरपालिका भएको बताउनुभएको छ। साना बालबालिकालाई एक्लो महसुस गर्न नदिने भन्दै नगरपालिकाका प्रमुख पन्थीले निःशुल्क शिक्षाको अधिकारको लागि बालबालिकासँग आफुहरु जोडिएको बताए। आगामी दिनमा पनि आफुहरुले शिक्षा क्षेत्रमा यस्तै प्रभावकारी कार्यक्रम गर्ने नगरपालिकाका प्रमुख पन्थीले बताए।
नगरपालिकाका सामाजिक विकास समितिका संयोजक तथा वडा नम्बर ४ का वडाध्यक्ष लिलाधर आचार्यले स्थानीय सरकारको कर्तव्य अनुसार बावुआमा विहिन बालबालिकलाई सामग्री वितरण गरेको बताए। उनले स्थानीय सरकारले शैक्षिक क्षेत्रमा प्रभावकारी रुपले काम गरिरहेको बताएका छन्।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







