Salime Malika Krishi Farm

Awareness Campaign

यातायात क्षेत्रमा सुधारको माग राख्दै मन्त्रीलाई गुल्मीका व्यवसायीको ज्ञापनपत्र



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: यातायात क्षेत्र सुधारको लागि गुल्मीका यातायात व्यावसायीले उप-प्रधानमन्त्री तथा भौतिक पूर्वाधार यातायात मन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापन पत्र बुझाएका छन्। बिहिवार गुल्मी, रेसुङ्गा र रुरु रेसुङ्गा यातायात प्रालिका पदाधिकारीहरुले गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी सागरमणी पाठक मार्फत यातायात मन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन्।

व्यावसायीहरुले बुझाएको ज्ञापनपत्रमा ऐन कानुनको कार्यान्वयन, ट्राफिक प्रहरी आतंकको नियन्त्रण, पिक एण्ड ड्रपको व्यावस्था, पूर्वाधार विकास तथा पार्किङ सुविधा, प्रदुषण जाँच तथा जरिवानको त्रास, ऐन र नियावलीको संसोधन, यातायात क्षेत्रको सुधार र पुनजार्गरण गर्न राष्ट्रिय यातायात प्राधिकरण निर्माणको माग गरिएको छ।

त्यस्तै चीन भारत नाकाको समस्या, सिमापारीको सुरक्षा र सुरक्षित भविष्यको सुनिश्चताको लागि योगदानमा आधारित सामाजिक सुरक्षा, सडक सुशासनको लागि रोड सेफ्टी काउन्सिल निर्माण तथा यातायात र व्यावसायीका दिर्घकालिन समस्या समधान गर्न आयोग गठन लगायतका माग गरिएको छ।

सिंचाई
Forest
Ad.

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पाठकले राष्ट्रिय समस्या समधानको लागि तत्काल विज्ञप्ती मन्त्रालयमा पठाउने र जिल्लाका समस्या व्यावसायीसंग बसेर छलफल गर्ने प्रतिवद्धता व्यक्त गरे। नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गुल्मीका इन्र्चाज हिमाल कुँवर, लुम्बीनी प्रदेश सदस्य कृष्ण मरासिनी, रेसुङ्गा यातायातका कार्यालय प्रमुख सुरेश भुजेल, रुरु रेसुङ्गा यातायातका राजु श्रेष्ठ र गुल्मी यातायातका कार्यकारी सदस्य प्रकाश भट्टराई लगायतको टोली जिल्ला प्रशासन कार्यालय पुगेका थिए। -गुल्मी अपडेट

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया