Salime Malika Krishi Farm

Awareness Campaign

स्वर्गीय पिताको स्मृतिमा खरेल परिवारद्वारा विद्यालयलाई १२ लाख भन्दा बढीको चन्दा सहयोग



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीको मुसिकोट नगरपालिका-९, अर्लाङ्गकोटमा अवस्थित ज्ञानज्योति आधारभूत विद्यालयले स्तरोन्नति र शैक्षिक गुणस्तर सुधार हेतु सहयोग संकलनका लागि विद्यालयको रजत महोत्सवको अवसरमा आयोजना गर्न गइरहेको धनधान्याचल महायज्ञमा मुसिकोट नगरपालिका-९, ददल्कामा जन्मेर जापानमा व्यवसाय गर्दै आउनुभएका डिलाराम खरेल सपरिवारले रु. बाह्र लाख एघार हजार एक सय एकाउन्न रुपैयाँ स्वर्गीय पिता नरिश्वर खरेलको स्मृतिमा सहयोग उपलब्ध गराउनु भएको छ।

ग्रामीण क्षेत्रमा सुलभ र गुणस्तरीय शिक्षाका लागि भन्दै विशिष्ट समाजसेवी दानीहातहरु निरन्तर अघि बढिरहेका छन्। देशमा लोकतन्त्र आओस् की संघियता विदेशमा बस्ने नेपालीहरुको खुल्ला सहयोग बिना शिक्षा क्षेत्रमा कुनै सुधार हुन सकिरहेको छैन।

स्वर्गीय नरिश्वर खरेल अत्यन्तै मेहनती, सदैव ग्रामिणहरुको मनमुटुमा बस्नुभएको उदार हृदय सहित सादा जीवन बिताउनुभएको नाम हो। उहाँ शिक्षाप्रेमी र धार्मिक तथा आध्यात्मिक व्यक्तित्व हुनुहुन्थ्यो। उहाँले आफ्नै जीवनकालमा ददल्का माविका लागि जग्गादान गर्नुभएको थियो भने हाल उहाँका सन्तानहरूले उहाँको नाममा विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको छ।

सिंचाई
Forest
Ad.

स्वर्गीय खरेलका पत्नी चन्द्रकला खरेल र छोराबुहारीहरु श्री डिलाराम खरेल र श्रीमती गंगा खरेल, श्री बाबुराम खरेल र श्रीमती लक्ष्मी खरेल, श्री रामप्रसाद खरेल र श्रीमती यमुना खरेल र श्री रमेश खरेल र श्रीमती निर्मला खरेलले उहाँको नाममा यति ठूलो रकम विद्यालयलाई उपलब्ध गराउनु भएको हो।

समाजसेवी डिलाराम खरेल यस विद्यालयको रजत जयन्ती तथा सप्ताह धनधान्याचल ज्ञान महायज्ञका अन्तर्राष्ट्रिय संयोजक, अर्लाङ्गकोट सेवा समाज, जापानका संस्थापक संरक्षक, एनआरएनए आईसीसीका निवर्तमान सदस्य, नेपाल व्यवसायी संघ (NBA) का केन्द्रीय सदस्य, चितवन समाज जापानका सल्लाहकार, जनसम्पर्क समिति नागोया जापानका संस्थापक संयोजक, यस ज्ञानज्योति आधारभूत विद्यालयका पुर्व चन्दादाता पनि हुनुहुन्छ।

बाबुराम खरेल यस महायज्ञका जापान शाखाका उप-संयोजक, गुल्मेली समाज जापानका उपाध्यक्ष नेपाली व्यवसायी संघ (एनबिए) का केन्द्रीय सदस्य, एनआरएनए जापानका निवर्तमान केन्द्रीय सदस्य साथै अर्लाङ्गकोट सेवा समाज जापानका सल्लाहकार हुनुहुन्छ भने रामप्रसाद खरेल एनआरएनए नागोया जापानका पुर्व संयोजक र अर्लाङ्गकोट सेवा समाज, जापानका सल्लाहकार हुनुहुन्छ।

यस क्षेत्रकै प्रतिष्ठित समाजसेवी खरेल परिवारले विद्यालय, मठ-मन्दिर निर्माण लगायत विभिन्न परोपकारी सेवाका संस्था आदि क्षेत्रमा ठुलो सहयोग लगानी गर्दै आएको छ। यस खाले पवित्र कर्ममा निरन्तर लागिरहेका खरेल परिवार धन्य हुनुहुन्छ।

Awareness by SKF

शिक्षाप्रेमी, मातृमाटोको विकास प्रति सदैव चासो चिन्ता राख्ने सामाजिक भलो चाहने महादानी व्यक्तित्व श्रीमती चन्द्रकला खरेल र छोराबुहारीहरु श्री डिलाराम खरेल र श्रीमती गंगा खरेल, श्री बाबुराम खरेल र श्रीमती लक्ष्मी खरेल, श्री रामप्रसाद खरेल र श्रीमती यमुना खरेल र श्री रमेश खरेल र श्रीमती निर्मला खरेल सपरिवारजनमा महायज्ञ आयोजक समितिले हार्दिक बधाई एवम् आभार व्यक्त गरेको छ।

आँउदो फागुन ९ गते देखि १६ गतेसम्म विद्यालयमा रजत महोत्सव श्रीमद्भागवत धनधान्याचल सप्ताह ज्ञान महायज्ञ सञ्चालन गर्न लागिएको विद्यालयले जनाएकाे छ।

२०५४ सालमा स्थापना भएको ज्ञानज्योति आधारभुत विद्यालयमा हाल कक्षा १ देखि ८ सम्मका कक्षा सञ्चालन हुदै आएका छन्। विद्यालयको शैक्षिक गुणस्तर सुधार एवम् स्तरवृद्धि गर्ने लक्ष्यका साथ रजत महोत्सव तथा श्रीमद्भागवत धनधान्याचल सप्ताह ज्ञान महायज्ञलाई सफल बनाउन यतिबेला विभिन्न ठाउँ ठाउँमा महाेत्सवकाे प्रचार प्रसार र भेटघाट कार्यलाई तिव्रताका साथ अगाडी बढाइएको विद्यालयका प्रधानाध्यापक यज्ञमुर्ति सापकोटाले जानकारी दिनुभयो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया