Salime Malika Krishi Farm

Awareness Campaign

दुर्घटना न्यूनीकरणको लागि रुरुक्षेत्रमा अटो चालकलाई प्रशिक्षण



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: रुरुक्षेत्र गाउँपालिकाका अटो रिक्सा चालकहरुलाई विभिन्न विषयमा प्रशिक्षण दिईएको छ। रुरुक्षेत्र गाउँपालिकाको आयोजनामा गाउँपालिका भित्र चल्ने १३ जना अटो रिक्सा चालकलाई आज प्रशिक्षण दिईएको व्यवसायी दर्ता नवीकरण शाखाका दामोदर भण्डारीले जानकारी दिए।

वैज्ञानिक भाडादर कायम गर्ने, सवारी नवीकरण, तेस्रो पक्षको बिमा लगायतको बारेमा अटो चालकलाई प्रशिक्षण दिईएको गाउँपालिकाले जनाएको छ। त्यस्तै ट्राफिक प्रहरी मिथु यादवले ट्राफिक नियमको बारेमा जानकारी गराएका थिए।

सिंचाई
Forest
Ad.

भाडादरको ड्राफ तयार पारी भाडा दर निर्धारण गर्नको लागि कार्यपालिकामा सिफारिस समेत गरिएको छ भने रुट प्रमिटको विषयमा समेत जानकारी दिईएको थियो।

अटोलाई व्यवस्थित, दुर्घटना न्यूनीकरण तथा थप सुविधामुखी बनाउन प्रशिक्षण दिईएको गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले बताए। -गुल्मी अपडेट

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया