Smoking Causes Cancer

तमानखोला बालगृहका बालबालिकाहरुलाई कपडा हस्तान्तरण



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

कौरव खत्री, गुल्मी: बागलुङको तमानखोला गाउँपालिकाको बालगृहका बालबालिकाहरुलाई ओड्ने र बिछ्याउने कपडा हस्तान्तरण गरिएको छ।

बागलुङ जिल्ला काठेखोला गाउँपालिका निवासी हाल अमेरीकामा कर्मथलो बनाउदै आउनु भएका समाजसेवी तथा शिक्षाप्रेमी डिल्लीराम कंडेल र लिलाधर कंडेलद्वारा १६ वटा बलाङ्केट र ३१ वटा बेड सिट कपडा हस्तान्तरण गरिएको थियो।

साथै तमानखोला गाँउपालिकामा विभिन्न कारणले अभिभावक गुमाएका राम्रो हेरचाह नपाएका तथा आर्थिक अवस्था कमजोर र अभावले पढाईबाट वञ्चित हुन पुगेका ३१ जना बालवालिकाहरुलाई बालग्रहमा राखिएको तमानखोला गाँउपालिका अध्यक्ष जोकलाल बुढाले जानकारी दिनुभयो।

सिंचाई
Forest
Ad.

तमानखोला गाउँपालिका वडा नं. ३ तमानमा सञ्चालन गरिएको बालगृहका बालबालिकाहरुले नजिकको धन गौज्योती माध्यमिक विद्यालयमा अध्ययन गर्दै आइरहेका गाँउपालिका अध्यक्ष बुढाले जानकारी दिनुभयो।

साथै बालबालिकाहरुलाई बालगृह मार्फत कक्षा १२ सम्म निःशुल्क पठनपाठनसँगै खानापान,आवास,स्वास्थ्य परीक्षण,लत्ताकपडा सहितको व्यवस्था मिलाइएको गाँउपालिका अध्यक्ष बुढाले जानकारी दिनुभयो।

बालगृह सञ्चालनको लागि तमानखोला विकास कोष मार्फत आर्थिक संकलन गरेर बाल गृह सञ्चालन गरिएको गाँउपालिका अध्यक्ष बुढाले जानकारी दिनुभयो।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया