Smoking Causes Cancer

कविता: ‘यो देश भ्रष्टहरूको हो’



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

देशको लागि केही गर्छु भन्नेलाई
यहाँ टिक्न दिदैनँ केही गर्न दिदैन
भ्रष्ट विदेशी दलालहरूले यसकारण
युवा जिउँदै सडकमा जलिरहेका छन्
मदन भण्डारी र राजा विरेन्द्रलाई त
बाँकी राखेनन् रविलाई के बाँकी राख्थे
यदि अनागरिक भए रविले पार्टी दर्ता
गरेर उमेदवारी दर्ता गरे टिकट लिए चुनाव लडे जितेर
सांसद बने यहाँ सम्म पुग्दा पनि
निर्वाचन आयोगले किन केही बोलेन

केही भनेन निर्वाचन आयोगलाई किन
कारबाही नगरेको रवि लामिछाने
नेपालको अनागरिक भए अमेरिको
नागरिक भए नेपालको गृहमन्त्री
बनाउने केपी ओली र प्रचण्ड दाहाल
कारवाही हुनुपर्छ कि पर्दैन किन
नगरेको कारबाही उसो भए विदेशीएका
एक करोड नेपाली जनता अनागरिक
भए होइन र त नेपालका प्रत्येक नेताले
विदेशी रासन कार्ड, पिआर र ग्रिनकार्ड
सिरानीमा च्यापेर सुतेका छन् खै

तिनलाई कारबाही? निर्मला भागरथी
सम्झनाको बलात्कारी खै? कारबाही यी
चेलीको लागि खै कानुन खै न्याय कानुन?
त सबैको लागि बराबर होइन र रविले
भ्रष्टाचारका फाइल खोल्छु भन्दा
गरेको होइन र यो सबै चलखेल भ्रष्ट
नेताहरूले खान पल्केका भ्रष्ट नेताहरू
जति खान्छौ खाऊ नेपाल आमाको रगत
चुसेर पनि खाउ एकदिन तिमीहरूलाई
सराप लाग्नेछ सतीले सरापेको देशमा
यो भन्दा अरु प्रगति के नै हुन सक्छ

सिंचाई
Forest
Ad.

गणेश विष्ट ‘बर्सात’
अछाम

सर्जक जून तारा साहित्य समाजका अध्यक्ष हुनुहुन्छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया