Smoking Causes Cancer

जय जय कोटेश्वर समूहले गर्यो गेदिखोला घैंटेआँपमा पक्की पुलको शिलान्यास



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

गुल्मी: जय जय कोटेश्वर समूहको पहल तथा धार्मिक व्यक्तित्वको आर्थिक सहयोगमा मुसिकोट नगरपालिका-५, आँपचौरको धार्मिक धरोहर कोटेश्वर धाम जाने बाटोमा पर्ने गेदिखोला घैंटेआँपमा पक्की पुलको गत बिहिवार शिलान्यास गरिएको हो।

छोटो समयमा कामले फड्को मारेको जय जय कोटेश्वर समुहले फेरि पनि अर्को उदाहरणिय काम गर्ने भएको छ। सोही पुल करिब दुई महिना अवधीमा सम्पन्न हुने गरि थालनी गरिएको छ।

हिउँद बर्खा दुवै मौसममा पानीको बहावले भक्तजनमा पर्ने समस्यालाई मुख्य मध्यनजर गरेर जापनमा रहेर विदेश संयोजन गरेर जय जय कोटेश्वर समुह संचालन गरेका किरण खरेलले पुल बनाउने कुरा अगाडि ल्याउनु भएको थियो। केही पुराना काम र अब हुने नयाँ कामको लागि सहयोग रकम संकलन गरेर पक्की पुल बनाउने भएको हो।

सिंचाई
Forest
Ad.

बिहिवार हिजो जय जय कोटेश्वर समुहले निर्माण समिति गठन गरेर मन्दिर ब्यवस्थापन समिती, मुसिकोट नगरपालिका ५ का वडा अध्यक्ष ऋषिश्वर अर्याल, वडा सदस्य पारश्वर खरेल, विदेश संयोजक तुलाराम तिवारी (राजा), फणीन्द्र भट्टराई, निर्माण समिती संयोजक डिल्लीराज अर्याल र स्थानीयको सम्-उपस्थितिमा पुलको शिलान्यास गरिएको कुरा विदेश संयोजक तुलाराम तिवारी (राजा)ले अमलाबोट अन्लाईनलाई जानकारी दिनुभएको हो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया