Smoking Causes Cancer

जहाज दुर्घटनामा मृत्यु हुनेको सम्झनामा बनाइयो गीत ‘अप्रत्याशित’ (भिडियो सहित)



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

गुल्मी: गत माघ १ गते पोखरामा दुर्घटनाग्रस्त विमानमा ज्यान गुमाएकाहरुको सम्झनामा निर्माण गरिएको गन्धर्व गीत ‘अप्रत्याशित’ सार्वजनिक गरिएको छ।

रेभान्श म्युजिक युट्युब च्यानल मार्फत सार्वजनिक गीतलाई गुल्मीमा जन्मेर सिंगापुरलाई कर्मथलो बनाउनुभएका स्रष्टा खिमानन्द खरेलले निर्माण गर्नुभएको हो भने स्वर चर्चित गायक रामचन्द्र चन्दको रहेको छ। शब्द संयोजन खिमानन्द खरेलले गर्नुभएको छ।

गत माघ १ गते काठमाडौंबाट पोखरा उडेको यति एयरलाइन्सको जहाज पोखरामा दुर्घटनाग्रस्त हुँदा सवार ७२ जनाकै ज्यान गएको थियो। देशलाई नै स्तब्ध बनाउने यस दुर्घटनाका मृतक प्रति समर्पित भएर यो गीत सिर्जना गरिएको सर्जक खिमानन्द खरेलले बताउनुभयो।

सिंचाई
Forest
Ad.

हेरौँ उक्त गीतको म्युजिक भिडियो:


कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया