Clean Water Campaign

Awareness Campaign

सुन्तला उत्पादन बढेपनि मूल्य नबढेपछि गुल्मीका कृषकहरु चिन्तित



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: सुन्तला सिजन सुरु भएकाले कृषकलाई सुन्तला टिप्न र बेच्न भ्याई नभ्याई छ। पछिल्लो समय गुल्मीमा सुन्तला खेतीतर्फ आकर्षित हुन थालेपछि उत्पादन बढे पनि मूल्य भने वृद्धि नभएको प्रति कृषकहरु चिन्तित भएका छन्।

सुन्तला खेतीबाट राम्रो अम्दानी हुन थालेपछि यस खेतीतर्फ आकर्षित हुन थालेकाले गुल्मीमा सुन्तला उत्पादनमा वृद्धि हुँदै गएको छ। तर, कृषकहरु भने उचित मूल्य नपाएर मारमा पर्ने गरेका छन् ।

गत वर्षभन्दा सुन्तला उत्पादन बढी भएको कृषकहरुको भनाइ छ । उत्पादन बढे पनि गत वर्षभन्दा कम मूल्यमा सुन्तला बेच्न बाध्य छन् कृषकहरु । गुल्मीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई सुन्तला जोन लागू भएपछि उत्पादन बढ्दै जान थालेको छ । जोनले सुन्तला कृषकलाई गरेको प्रोत्साहनका कार्यक्रमले गर्दा उत्पादन बढ्दै जान थालेको हो ।

सिंचाई
Forest
Ad.

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत रहेको सुन्तला जोनले सुन्तला पकेट क्षेत्रमा नयाँ गाउँमा अवलोकन गरेको छ । सुन्तला पाक्दै गरेको समयमा कृषकका समस्या र उत्पादनको पछिल्लो अवस्था बारेमा जोनले सुन्तला कृषककहाँ अवलोकन गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई सुन्तला जोनका प्रमुख गंगा पोखरेलले बताइन्।

जिल्लाका सवै स्थानमा सुन्तला खेती गरिएको छ । तर जिल्लाको धुर्कोट गाउँपालिकाको नयाँ गाउँमा मात्रै २ करोड बढीको सुन्तला उत्पादन हुने गरेको छ । उत्पादित सुन्तला बजारीकरणको कुनै समस्या नरहे पनि उचित मूल्य नपाएको कृषक मिनराज पोखरेल बताए । नउले भने, ‘सुन्तला उत्पादन बढे पनि मूल्य बढेको छैन।हामी कृषकहरु पुरानै मूल्यमा सुन्तला बेच्न बाध्य छौं।’

बजारमा सबै चिजको मूल्य बढ्दा सुन्तलाको मूल्य पनि बढ्नुपर्ने उनको भनाइ छ । सुन्तला बिक्रीबाटै वार्षिक दुई लाख आम्दानी गर्दै आएको उनले बताए । सुन्तला कृषकले अहिले बोटबाटै केजीको ५० देखि ५५ रुपैयाँका दरले बिक्री गर्दै आएका छन् । गत वर्ष ६० रुपैयाँ केजीमा सुन्तला बिक्री गरेको कृषक मिना घिमिरेले बताइन् ।

उनले गत वर्षभन्दा पनि कम मूल्यमा बिक्री गर्न परेको बताइन् । सुन्तला उत्पादक कृषकहरुका लागि सिंचाइको अभाव रहेको मिनप्रसाद पोखरेलले बताए । उनले सरकारले सिंचाइको व्यवस्था गर्नुपर्ने भनाइ छ । नयाँ गाउँको सुन्तलाको माग बढ्दो रहेको छ।

Awareness by SKF

स्थानीय व्यापारीहरुले बगैंचा नै खरिद गरी बुटवलसम्म पठाउने गरेका छन् । स्वादका हिसाबले नयाँ गाउँको सुन्तला राम्रो हुने गरेको छ । नयाँ गाउँमा धेरै कृषकहरुको सुन्तला उत्पादन पुर्ख्यौली पेशा हो । पछिल्लो समयमा मात्र त्यहाँका कृषकहरुले व्यावसायिक रुपमा सुन्तला उत्पादनमा लागेका हुन् ।

यहाँका कृषकहरुको जीविकोपार्जन गर्ने माध्यम सुन्तला उत्पादन हो। सुन्तला बेचेरै यहाँका कृषकहरुले परिवार चलाउँदै आएका छन् । उत्पादनको हिसाबले पकेट क्षेत्र निर्धारण गरिएको छ । मुसिकोटको ददल्का, सत्यवतीको लिम्घा, भार्से र ठुलो लुम्पेक, कालीगण्डकीको अर्वेनी, जयखानी, छत्रकोटको हुँगा, श्रृंगा, लुम्छा र हर्दिनेटा सुन्तला पकेट क्षेत्र हुन्।

गुल्मीदरबारको गौडाकोट, जुभुंग, रेसुङ्गा नगरपालिकाको भाडगाउँ, अर्खले, भुवनपानी, बालकाटे, धुर्कोटको पिपलधारा, नयाँगाउँ, हाडहाडे, रजस्थल, बस्तु, मदानेको भनभने, पुर्कोटदह पकेट क्षेत्र रहेका छन् । यी बाहेकका क्षेत्रमा पनि सुन्तला उत्पादन हुने गरेको छ। -प्रेसपाटी

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया