Salime Malika Krishi Farm

Awareness Campaign

प्रचार-प्रसारको अभावमा ओझेलमा मदानेको असकुना क्षेत्र



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: आध्यात्मिक दृष्टिले अति महत्वपूर्ण ठानिने गुल्मी जिल्लाको मदाने गाउँपालिकास्थित धार्मिक तिर्थस्थल असकुना प्रचार -प्रसारको अभावले ओझेलमा परेको छ।

पुर्वमा धुर्कोटको रजस्थल, वाग्ला, पश्चिममा पर्ने भनभने पुर्कोटदह, नेटाखर्क दक्षिणमा भनभने डाडाखर्क र उतरमा वाग्लाको काखमा रहेको उक्त तिर्थस्थलमा स्वर्गद्वारीका महाप्रभु हंसानन्द गिरी विभिन्न मेला पर्वहरुमा आउनेजाने गरेको प्रमाणहरु भएको स्थानियहरु बताउछ्न।

यो तीर्थस्थल गुल्मी जिल्लाका विभिन्न महत्वपूर्ण तपस्थलीहरु मध्ये एक हो।विशेषत: यो स्थानमा महाशिवरात्री र माघे संक्रान्ति आदि पर्वहरुमा मेला लाग्छ। यो मेलामा गुल्मी, अर्घाखाँची, कपिलवस्तु , र प्युठान बाट धेरै दर्शानार्थीहरु मेलाको अवलोकन गर्न आउछ्न। यहाँ भगवान शिवजी र पदमावती नदीको पुजा गरिन्छ।

सिंचाई
Forest
Ad.

यहाँ पुजा गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वास रहेको असकुना वराहथान तिखेचुली कंकेदेउराली धार्मिक तथा पर्यटकिय प्रबर्द्धन समिति का अध्यक्ष मुरलीधर शर्मा पन्थीले बताए। अध्यक्ष शर्माका अनुसार परम्परादेखि महत्वपूर्ण सांस्कृतिक स्थलको संरक्षण र संवर्ध्दन जुन रुपमा हुनुपर्ने हो। त्यो रुपमा संरक्षण नभएको उनको भनाइ रहेको छ।

भौगोलिक बनोटमा समतल भाग डाडा पखेरा र १७- देखि १८ सय मिटरसम्म उचाई भएको तिखेचुली, रोल्मा जस्ता पहाड शिखरहरु पनि त्यहाँ रहेका छ्न।

वनजन्य उपजमा सिमल, साल, चिलाउने, धार्ने, वा कटुस, लाली गुराँस, म्याल, फलेतो, खन्यु, बेडुलो, कुटमेरो, लाकुरी, भुटुक, काफल, तिजु, चिउरी, चाप ओखर, पाकुरी, अमला, वर, पिपल, स्वामी, आदिका रुखहरु पाईन्छ्न।

जडीबुटीमा चिराइतो, टिमुर, पाखनवेद, गानेगुर्जी, पुदिना, कागती, सिउडी, रुधिलो, सिस्नो, सर्पको मकै, कुरिलो, टोप्रे, पुरैनो, दयालो, दुबसिन्की, भिरिङ्गीझार, वन हलेतो, फडेल, जाबुनो, भकिम्लो, मेथी आलम सम्फो मरौटी आदि पाइन्छ।

Awareness by SKF

यो क्षेत्रमा संरक्षण र संवर्ध्द्गनको लागि यस क्षेत्रका स्थानिय महानुभावहरु र वार्ड, गाउँपालिका र प्रदेश सरकारको सहयोग र प्रेरणाका साथै यस क्षेत्रमा भौतिक पुर्वधारको लागि त्यो क्षेत्र सम्म मोटर बाटो पुर्याउने, एउटा प्यागोडा शैलीको भव्य मन्दिर निर्माण गर्ने आवास गृह बनाउने सुविधा सम्पन्न होटलहरु निर्माण गर्न केही वर्षभित्र सकेमा यस क्षेत्रले विकासमा फडको मार्ने मात्र नभएर पश्चिम क्षेत्रकै प्रसिद्ध तीर्थस्थल बन्ने छ। -सेतोमसी

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया