Hi-Speed Computer

Awareness Campaign

बागलुङको बडिगाडकी गायिका निरा छन्त्याल यतिको धुवाँ संगै अस्ताइन



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

बागलुङ: बागलुङको बडिगाड गाउँपालिकामा जन्मिएकी लोक दोहोरी गायिका निरा छन्त्याल आइतवार पोखरमा भएको यति एयरलाइन्स जहाजको धुवा सँगै अस्ताएकी छन।

विमान दुर्घटनाको घटनाले बडिगाड गाउँपालिका पनि शोकमा डुवेको छ। बडिगाड गाउँपालिका वडा नं. ३, शिसाखानी घर हुनुभएकि लोक गायिका निरा छन्त्याल पनि सोहि दुर्घटनामा परेपछि शिसाखानी संगै गाउँपालिका नै शोकमा परेको हो।

शनिबार फेसबुकमा पोष्ट गरिन् ‘छन्त्याल भवन काठमाडौंको माघी सकियो अब भोलि पोखरा मा रमाइलो गर्नुपर्छ।’ यसरी फेस्वुकमा पोष्ट गर्दै पोखरा, म्याग्दी र बागलुङको भिमपोखराको माघेसंक्रान्ति मेलामा पुगेर रमाइलो गर्ने चाहाना अधुरै राखेर हामि माझ अस्ताएकी छन।

Forest
Forest
Ad.

६८ जना यात्रु र ४ जना चालक दलका सद स्य बोकेर बिहान १०ः३३ बजे काठमाडौं विमानस्थलबाट उडान भरेको यती एयरलायन्सको जहाज सकुसल गन्तव्यमा पुग्न सकेन।

१० बजेर ५४ मिनेटदेखि सम्पर्कबिहीन भएको यतीको विमान सेती नदीको खोंचमा दुर्घटनामा परेर जल्दै गरेको यतिको धुवाँ संगै गायिका छन्त्याल विलिन भइन । पाेखरामा रमाइलाे गर्ने उनकाे याेजना अधुरै रह्याे ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया