Salime Malika Krishi Farm

Awareness Campaign

बागलुङको बडिगाडका गणेशले बङ्गलादेशमा जिते स्वर्ण



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

बागलुङ: बडिगाड गाउँपालिकाका खेलाडी गणेश पाईजाले बङ्गलादेशमा भएको अन्तराष्ट्रिय कराते प्रतियोगितामा नेपालबाट प्रतिनिधित्व गर्दै स्वर्ण पदक जित्न सफल भएका छन्।

बडिगाड डोजो बागलुङका खेलाडी पाईजाले अन्तराष्ट्रिय प्रतियोगीतामा सहभागी हुँदै एकपछि अर्को उपाधि हासिल गरिरहेका छन्।

यसैक्रममा केही दिन अगाडी डोजोका प्रशिक्षक राजन कुमार पाईजाको नेतृत्वमा खेलाडीहरु प्रतियोगीतामा सहभागी हुन बङ्गलादेश प्रस्थान गरेका थिए।

सिंचाई
Forest
Ad.

त्यस्तै प्रतियोगितामा लक्ष्मण पुन ४५ केजीमा रजत पदक ,विज्जल पाईजा रजत पदक र राजन कुमार पाईजाले पनि रजत पदक जित्न सफल भएका छन्। बडिगाड डोजोको टिम ब्यबस्थापनमा तेजेन्द्र पाईजा गएका थिए।

बडिगाड डोजोका प्रशिक्षक राजन पाईजाले थुप्रै राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी भएका छन्। बडिगाड गाउपालिकाले कराते खेललाई विशेष रुपमा लिदै आएको छ। बडिगाड डोजोले पनि खेलकुदमा नया चिनारी लिन सफल भएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया