Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीको रिडीमा भेटियो १६५ वर्ष पुरानो शिलालेख



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: रिडी बजारको शोभा भगवती मन्दिर परिसरमा पुरानो अतिथि भवन भत्काउने क्रममा भेटिएको शिलालेख आज भन्दा १६२ वर्ष अघिको रहेको तथ्य फेला परेको छ। विक्रम संवत १९१७ मा तत्कालिन नेपाल उपत्यका हालको भक्तपुर भादगाउँ, चासुखेलबाट मन मलेपति (नेवार समुदायका व्यक्ति) ले चार जना छोराहरु सहित रिडी आई अहिलेको भगवती टोल, जसलाई त्यतिबेला अमराइ टोल भनिन्थ्यो, पित्रृहरुको स्मरणमा ढुङाको चौपारी बनाइ छाडेको शिलामा उल्लेख छ।

हालको अमराई टोललाई त्यो बेलामा अमरापुरी टोल भनि उल्लेखित छ। यो ढुङाको चौपारी त्यहि हुन सक्छ जुन केहि वर्ष अघिसम्म पनि अस्तित्वमा रहेको थियो। पछि रुरु प्राथमिक विद्यालयले बाटो बनाउनका लागि भत्काइएको थियो।

शिलामा उल्लेखित तथ्य: नेपाली सम्वत ९८० शाके सम्वत् १७८२, सम्वत् १९१७ साल जेष्ठमासे शुक्लपक्षे (षष्ठ्या)यां तिथौः रविवासरे सौरमाने दि(वसे) कृतिका १९८० मघा नक्षत्रे नैपालस् पश्चिमतर्फ रिडी धामे कृष्णगंधकि निकटेः श्रीऋषिकेश चरणेः गुल्मी देसेः अमरापुरि नगरे नेपाल भातगाउ चासुषेल टोल बस्नि मानवगोत्र मलपति (म)न सेपुत्र भाजुराम सेपुत्र भाजुनारान सेपुत्र भिमनारां कनिष्ठ पुत्र सिद्धिनारां स्मेत लगाइ ढुंगाका चौपारि बनाई कीर्ति राषि पर्लोगपित्रपिता उद्धार निमीत्त। यो शिलापत्र गरि स्थापना गर्याको हो। शुभम्॥ राम॥

सिंचाई
Forest
Ad.

माथि उल्लेखित शिला लेखलाई वासु बन्धुले सरल र बुझिने भाषामा उल्था गरी थप तथ्यहरु उपलब्ध गराएका हुन। रुरुक्षेत्रमा रहेका अनेकौँ मठ मन्दिरहरुमा शिलालेखहरु अध्यावधि छँदैछन् तर ती शिलालेखको खोजिनिति गर्दै इतिहास संरक्षण आवश्यकता रहेको रिडीबजारका युवा सुन्दर कसजुले भने। उनका अनुसार रुरुधामको धार्मिक, सांस्कृतिक र ऐतिहासिकता जोगाउन यथासिघ्र यो क्षेत्रमा धार्मिक र पौराणिक संग्रहालय आवश्यक रहेको उनको जोड छ। त्यसो त रुरुक्षेत्र बृहतत्तर विकास आयोजनामा संग्रहालय बनाउने योजना समेटिएको रुरुक्षेत्र गाउँपालिका वडा नं १ का वडाध्यक्ष नवराज विकले भने।

पछिल्लो समय रुरुधाममा आकर्षण बढेको छ। तीनमुखे पुलसँगै यो क्षेत्रका मठमन्दिरको प्रचारप्रसारका कारण यहाँ आउने धार्मिक पर्यटक मात्रै होईन आन्तरिक र बाह्य पर्यटकको संख्या बढ्दै गर्दा रुरुधामको सौन्दर्यकरण र संस्कृतिकको झलकले पर्यटक तान्न सबैका ध्यान जानु जरुरी छ। -ग्लोबल आवाज

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया