Salime Malika Krishi Farm

Awareness Campaign

होटल व्यवसायी मञ्च, मुसिकोटले उधारो नियन्त्रण अभियान सञ्चालन गर्ने



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

सागर भण्डारी, गुल्मी: होटल व्यवसायी मञ्च मुसिकोट नगरकार्यसमितिको बैठक सम्पन्न भएको छ। मञ्चका अध्यक्ष फुल प्रसाद सापकोटाको अध्यक्षतामा होटल दरबारमा बसेको बैठकले उधारो कारोबार नियन्त्रण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।

होटल व्यवसायहरुमा उधारो कारोबार बढ्दै गएको र लामो समयसम्म पनि ग्राहकरुले भुक्तानी नगरेपछि उधारो कारोबारलाई नियन्त्रण गर्न अभियानकै रुपमा अगाडी बढ्ने निणर्य भएको मञ्चका सचिव विवेक काफ्लेले जानकारी दिनुभयो।

अधिकांश व्यवसायीहरुले व्यवसायी मञ्चमा उधारो सम्बन्धी गुनासो राखेको हुँदा उक्त गुनासो सुनुवाई गर्दा माघ १५ भित्र पीडित व्यवसायीले आफ्नो उधारो कारोबार र ग्राहकको विवरण सहित समस्याहरु खुलाई मञ्चको कार्यालयमा निवेदन पेश गर्न समेत होटल व्यवसायी मञ्चले आग्रह गरेको छ।

सिंचाई
Forest
Ad.

त्यस्तै उधारो नियन्त्रण तथा न्यूनिकरण अभियान अन्तर्गत व्यवसायीले आफ्नो पसल वा व्यवसायमा उधारो नियन्त्रणात्मक स्टीकर टास्ने र उधारो कारोबार नगर्न ग्राहकहरुलाई अनुरोध गर्ने निणर्य समेत गरेको सचिव काफ्लेले बताउनुभयो।

त्यस्तै सोही बैठकले विगत केही महिना अगाडी होटल व्यवसायी मञ्च र सिंगो मुसिकोट नगरपालिकाकै समस्याहरुलाई सम्बोधन गर्ने गरी मुसिकोट नगरपालिकालाई बुझाएको ज्ञापनपत्रको कुनै पनि सुनुवाई नभएको भन्दै त्यस बारेमा पनि समिक्षा गरेको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया