Clean Water Campaign

Awareness Campaign

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको गोष्ठी खर्बाङ्गमा सम्पन्न



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

कौरव खत्री, गुल्मी: सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लि. को केन्द्र प्रमुख र उपप्रमुखको गोष्ठी तथा वित्तीय साक्षरता विषयक शाखा कार्यलय खर्बाङ्ग बागलुङमा सम्पन्न भएको छ।

गोष्ठी तथा वित्तीय साक्षरता विषयक अन्तरक्रियाको उद्घाटन गदै प्रमुख अतिथि बडिगाड गाँउपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले लघुवित्तले कर्जा वितरण बचतमा मात्र नभई ग्रामिण क्षेत्रका महिलाको उत्थानको लागि पनि विशेष काम गरेको भन्दै महिलाहरुलाई नेतृत्व तहमा पनि लैजान सिवाईसीले महत्वर्ण भुमिका खेलेको बताउनु भयो।

त्यस्तै बडिगाँड गाँउपालिकाका उपाध्यक्ष भिमसेन बनले गाँउपालिकाका सबै नागरिकलाई उत्पादन र रोजगारीसँग जोड्न विभिन्न कार्यक्रम आयोजनाको पहल गरिएको बताउनु भयो।

सिंचाई
Forest
Ad.

सिवाइसी नेपालका संस्थापक चण्डी प्रसाद शर्माले भने विगत ५ वर्षदेखि यस क्षेत्रमा सिवाइसी बचत र कर्जा लागानी मात्र नभई महिलाको उत्थानको लागि पनि विशेष काम गरको बताउनुभयो। साथै उहाँले कुनै समय दबिएका र आर्थिक करोबारमा पछि परेका महिलालाई अगाडि ल्याउन सिवाइसीले गरेको मेहनत अहिले देखिएकोमा खुशी व्यक्त गर्दै उहाँले पछिल्लो समय उत्पादन भन्दा पनि विदेश जाने मोहले गर्दा मेहनत भने कम हुदै गएकोमा उनले दुख व्यक्त गनुभयो।

साथै अवसरमा सिवाइसी नेपालका प्रवन्ध सञ्चालक डोलिन्द्र प्रसाद शर्माले ऋणलाई उत्पादनसँगै जोड्न नसक्दा आर्थिक ह्रास आएको लघुवित्तहरुले गरीवीलाई घटाउन नसकेको र अव मुद्दा त्यस तर्फ केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो।

त्यस्तै अवसरमा मुसिकोट नगरपालिकाका नगर उप प्रमुख गंगा श्रेष्ठले महिलाहरुलाई आर्थिक समृद्धिको बाटोमा डोहोर्याउदै लगेकोमा धन्यवाद दिनुभयो।

Awareness by SKF

नेपाल पत्रकार महासंघ गुल्मीका कौरव खत्री,सम्पूर्ण केन्द्रको प्रतिनिधित्व गदै जमुना राना लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो।

कार्यक्रमको अवसरमा उत्कृष्ट केन्द्र, उत्कृष्ट ऋणी, उत्कृष्ट बचतकर्ता, असल ऋणी सदस्य, जनप्रतिनिधि, उद्यमी सदस्य, वृद्धवृद्धाहरु लगायतलाई सम्मान गरिएको छ। त्यस्तै शाखाले सेवा सुविधा वितरण, पेन्सन पाकेको सदस्यलाई सम्मान समेत सम्मान गरिएको थियो।

कार्यक्रममा जनप्रतिनिधि,विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि,पत्रकार, वित्तीय संस्थाका प्रमुख तथा प्रतिनिधि,समाजेवी लगायतको उपस्थिति रहेको थियो।

“बेरोजगारसँग रोजगार,उत्पादनसँग बजार तथा आर्थिक अभावसँग सिवासी लघुवित्त” भन्ने मुल नारा सहित २०६४ सालमा खर्वाङ्ग शाखाको रुपमा स्थापना भएको सिवाईसी नेपालले वित्तीय सम्वन्धी कार्य गदै आइरहेको शाखामा हासम्म गुल्मी र बागलुङ गरि १सय,४४ केन्द्रमा ३ हजार सदस्यहरु आवद्ध रहेका छन्।

अन्तरक्रिया कार्यक्रम प्रवन्ध सञ्चालक डोलिन्द्र प्रसाद शर्माको अध्यक्ष तथा सिवाइसी लघुवित्त संस्था खर्वाङका शाखा प्रवन्धक सुवास नेपालीको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रमको सञ्चालन भने संस्थाका प्रवन्धक संगिता शर्मा पौडेलले गर्नुभएको थियो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया