Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीको रातचौरका विद्यार्थीलाई न्यानो कपडा वितरण



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

अनिल खत्री, गुल्मी: गुल्मी जिल्लामा राधा माधव समिति अन्तर्गत डिभाइन युथ क्लबद्वारा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेका छन्। जिल्लाको इस्मा गाउँपालिका-१, गुर्वा स्थित रातचौर प्राथमिक विद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण गरिएको हो।

विद्यालयमा पढने १७ जना असाय अशक्त विद्यार्थीहरुलाई स्कुल झोला, सुइटर, टोपी वितरण गरिएको थियो। न्यानो कपडा बितरणका लागि राखिएको कार्यक्रममा इस्मा गाउँपालिकाका अध्यक्ष भगतसिंह खड्का र राधा माधव समितिका संयोजक महाशर्मा भण्डारीले विद्यार्थीहरुलाई न्याने कपडा वितरण गरेका हुन्।

कपडा वितरण गर्दै अध्यक्ष खड्काले स–साना विद्यार्थीहरुको लागि चिसो बढि रहेको बेला यसरी सहयोग गरेकोमा धन्यवाद समेत दिए । विद्यार्थीहरुको लागि गरिएको सहयोगले पढाइमा मनोवल र चिसोमा सहजता पूर्वक विद्यालयमा पढन आउन जान मद्दत पुग्ने बताए।

सिंचाई
Forest
Ad.

राधा मावध समिति सदस्यहरुले आफूसंग रहेको थोरै थोरै खर्च बचाएर समय अनुकुल चिसो मौसममा न्यानो कपडा सहयोग गरेर विद्यार्थी बालबालिकाहरुको भविष्य निर्माण गर्न सहयोग गरेको भन्दै प्रशंसा गरे । उनले विद्यार्थीहरुको लागि गरिएको सामाजिक कार्यले समाजमा धार्मिक क्षेत्रबाट पनि केहि गर्न सकिन्छ भन्ने उदाहरण भएको बताए।

विद्यालयमा रहेका गरिब, दलित, जनजाति विद्यार्थीले मात्रै स्कुल झोला, सुइटर, टोपी वितरण गरिएको थियो । आर्थिक अबस्था कम्जोर भएकै कारण बिद्यालयमा आउदा एकसरो कपडा समेत लगाउन उनिहरुलाई समस्या पर्दै आएको थियो।

चिसो बढदै गएसँगै असाय अशक्त विद्यार्थीहरु न्यानो कपडा वितरण गरेको डिभाइन युथ क्लवले जनाएको छ । डिभाइन युथ क्लवमा रहेका पदाधिकारीहरुले आफुले खाजा खाने रकमबाट बचाएर समाजमा केही गर्नु पर्छ भन्ने उद्देश्यले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको राधा माधव समितिका सचिव ताराप्रसाद भुसालले बताए ।

Awareness by SKF

चिसो पढेसँगै असाय अशक्त विद्यार्थीहरुलाई सहयोग गरेर विद्यार्थीको पढाईमा सहजता ल्याउन न्यानो कपडा वितरण गर्दै आएको भुसालले बताए। डिभाइन युथ क्लवले जिल्लामा बिभिन्न समयमा सामाजिक कार्य अन्तर्गत विद्यार्थीहरुलाई शैक्षीक सामाग्री वितरण गर्दै आएका छन्।

क्वलद्धारा बिभिन्न समयमा जिल्लाका मठमन्दिरसँगै अर्खले, सिमीचौर, दुबीचौर, इस्मा, दरबार देविस्थान रहेको विद्यालयमा पुगेर असाय अशक्त विद्यार्थीलाई न्यानो कपडासँगै शैक्षिक सामाग्री वितरण गर्दै आएका छन् । न्यानो कपडा वितरण कार्यक्रममा इस्मा गाउँपालिका उपाध्यक्ष पार्वती कुँवर, वडानम्बर १ र २ का वडाअध्यक्ष शेरबहादुर कुँवर, लोकनाथ आचार्य, बिभिन्न विाद्यलयका शिक्षक, राधा माधव समिति र डिभाइन युथ क्लवका पदाधिकारीहरुको सहभागिता रहेको थियो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया