Smoking Causes Cancer

प्रवासी युवाद्वारा अर्लाङ्गकोटको एक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

गुल्मी: मुसिकोट नगरपालिका-९, अर्लाङ्गकोट, उर्लेनीमा अवस्थित देउराली आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई प्रवासी युवा गिरिराज सापकोटाले न्यानो कपडा (स्वेटर, टोपी), खेलकुद तथा शैक्षिक सामग्री प्रदान गर्नुभएको छ।

मुसिकोट नगरपालिका-९, अर्लाङ्गकोट, काफलडाँडा जन्मथलो भई हाल दक्षिण कोरियालाई कर्मथलो बनाउनुभएका समाजसेवी गिरिराज सापकोटाको पहलमा उक्त सामग्री वितरण गरिएको हो।

सिंचाई
Forest
Ad.

आज मुसिकोट नगरपालिका, वडा नं. ९ का वडाध्यक्ष भुमा गुरुङ, जनप्रतिनिधिहरु तारा प्रसाद कँडेल र बोम बहादुर खत्री, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक तथा अभिभावक संघका पदाधिकारीहरु र अभिभावकहरुको उपस्थितिमा उक्त सामग्रीहरु हस्तान्तरण गरिएको हो।

आफ्नो मेहनतको कमाई भविष्यका कर्णधार बालबालिकाहरुलाई सहयोग गर्ने अवसर प्राप्त गरेकोमा आफूलाई खुशी लागेको समाजसेवी सापकोटाले बताउनुभयो। हाल दक्षिण कोरिया मै कार्यरत स्रष्टा तथा समाजसेवी हेमनाथ खरालले सापकोटाको उदार भावनाको प्रशंसा गर्दै यो कार्य अनुकरणीय रहेको बताउनुभयो।

Awareness by SKF

 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया