Smoking Causes Cancer

गुल्मीमा वनभोज गएका युवाबीच खुकुरी हानाहान, एकजना गम्भीर घाइते



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

 गुल्मी: जिल्लाको मदाने गाउँपालिका-६ स्थित पर्यटकीयस्थल क्वान्के देउरालीमा पिकनिक खान गएका युवाहरुबीच खुकुरी हानाहान भएको छ। दुई समूहबाट पिकनिक खान गएका युवाहरुबीच विवाद हुँदा खुकुरी हानाहान भएको हो।

खुकुरी प्रहारबाट स्थानीय १८ वर्षीय सन्तोष कुवँरको दाहिने हातमा गम्भीर चोट लागेको छ।

उनको अहिले अर्घाखाँचीको सन्धिखर्कमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए।

सिंचाई
Forest
Ad.

मासु काट्न लगेको खुकुरी प्रयोग भएको प्रहरीले जनाएको छ। खुकुरी प्रहार गर्ने मदाने-६, पुर्कोटदहका ३३ वर्षीय रमेश परियार र झिमरुक गाउँपालिका-४, बांगेमरोठ प्यूठानका १८ वर्षीय प्रशान्त परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया