Hi-Speed Computer

Awareness Campaign

ईस्मा गाउँपालिकाको गाउँसभा तथा तेह्रौँ अधिवेशन सुरु



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीको ईस्मा गाउँपालिकाको गाउँसभा एवम् तेह्रौँ अधिवेशन सुरु भएको छ। गाउँसभाले गाउँपालिकाका विभिन्न विधेयक सर्वसम्मत पारित गरेको छ।

जसमध्ये आर्थिक विकास समिति संयोजक शेर बहादुर कुँवरले प्रस्तुत गरेको आर्थिक ऐन २०७९ संशोधन गर्न बनेको आर्थिक विधेयक, शिक्षा समिति संयोजक झविन्द्र अर्यालले प्रस्तुत गरेको शिक्षा विधेयक पारित गरेको हो।

गाउँसभामा गाउँपालिका उपाध्यक्ष पार्वती कुँवरले सुशासन प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०७८/७९ देखि २०७९ पौष १० गतेसम्म न्यायिक समितिमा उजुरी परेका ५१ वटै मुद्दाको फर्छ्यौट गरेको जानकारी दिईन्। उपाध्यक्ष कुँवरले वडा-वडामा मेलमिलाप केन्द्र नहुँदा र पुराना मेलमिलापकर्ताको सुचीकरण नहुँदा समस्या हुने गरेको बताईन्।

Forest
Forest
Ad.

गाउँसभाले गाउँसभाध्यक्ष एवम् गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले प्रस्ताव गरेको योजना तथा सुशासन समिति सर्वसम्मत चयन गरेको छ। धन बहादुर कुँवर संयोजक रहेको ३ सदस्यीय समिति चयन गरिएको हो।

सभामा गाउँपालिकाका प्रमुख प्रशाशकीय अधिकृत धनेश्वर पौड्याल, वडाध्यक्ष, वडासदस्य, कार्यपालिका सदस्य, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया