Clean Water Campaign

Awareness Campaign

बुटवल मेलामा गुल्मी ठूलो लुम्पेकको कफी दैनिक १५ हजारको बिक्री



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीको सत्यवती गाउँपालिका वडा नं. ३ ठूलो लुम्पेकमा उत्पादन भएको अर्गानिक कफी अहिले बुटवल मेलामा विक्री भइरहेको छ। मिश्रित कफी उत्पादन कृषक समूहले उत्पादन गरेको कफी मेलामा विक्री भइरहेको छ।

औद्योगिक मेलामा रहेको स्टल नं. १३ मा रहेको कफी किन्नका लागी ग्राहकहरुको भीडभाड बढेको छ। समूहकी अध्यक्ष एवं जिल्ला समन्वय समिति गुल्मीका सदस्य नरमाया रानाका अनुसार दैनिक १५ देखि २० हजारको कफी बिक्री भइरहेको बताएकी छन्।

उनका अनुसार शनिबार सबैभन्दा बढी करिब २५ हजार भन्दा बढीको विक्री बताएको बताएका छिन्। उनले ठूलो लुम्पेकको करिब १३ सय मिटर उचाइँमा रहेको भूगोलमा उत्पादन भएको अर्गानिक कफी स्वास्थ्य र स्वादका हिसावले राम्रो भएकोले मेलामा विक्री गर्न आएका बताएका छिन्।

सिंचाई
Forest
Ad.

उनले भनिन्, “हामीले गाउँको उत्पादन प्रचार गरी स्वदेशी अर्थतन्त्रको विकास गर्ने उद्देश्यले मेलामा कफी विक्री गरेका छौं ।” उनले कफीप्रति ग्राहकहरुको आकर्षणले थप उत्साह पैदा गरेको समेत बताइन्।

दैनिक ५ हजार भन्दा बढीले मेलामा कफीको अवलोकन गरेको ओम सिंजापतिले बताएका छन्। ठूलो लुम्पेकमा करिब १८ हजार कफीको बोट रहेको छ र अहिले उत्पादन तथा बिक्री वितरण भइरहेको छ। मिश्रित कफी उत्पादन कृषक समूहले अहिले बुटवलको औद्योगिक मेलामा कफी विक्री रहेको छ। कफीसँगै ठूलो लुम्पेकको करिब २ हजार उचाइँमा उत्पादन भइरहेको बाँकाको सिन्की, मकैको आँटो, सिस्नोको मुन्टा, दालका गेडागुडी, लोकल बेसारलगायत स्थानीय र गुणस्तरिय उत्पादन विक्री गरिरहेको छ।

उक्त समूहका नेत्र राना, ओम सिंजापति, सरोज रानालगायत कृषकहरुले विक्री तथा वितरण, प्रचार एवं यसको प्रवद्र्धन गरिरहेका छन्। -गुल्मी अपडेट

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया