गुल्मी: नेपाल शिक्षक महासङ्घ, मुसिकोटको दोश्रो नगर अधिवेशन सम्पन्न भएको छ। शनिबार मुसिकोट-७, वामीको रुद्रावति बहुमुखी क्याम्पसको सभाहलमा भएको अधिवेशनले १५ सदस्यिय नगर समिति चयन गरेको महासंघ नगर सचिव सरोजराज बौद्धाचार्यले बताउनुभयो।
जसमा महेन्द्र आदर्श नमुना माविका प्रधानाध्यापक समेत रहनुभएका देविराम शर्मा अध्यक्ष, बोम बहादुर छन्तेल उपाध्यक्ष, बुद्दिमणि खरेल सचिव, विष्णुप्रसाद आचार्य सहसचिव, कृष्णप्रसाद घिमिरे र सुकदेव रिजाल संस्थागत सहसचिव निर्वाचित हुनुभएको छ।
त्यस्तै शिला खराल, नमराज पाण्डे, पुर्ण बहादुर बगाले, भोजराज अर्याल, बेलबहादुर पराजुली, सम्झना कण्डेल, रामबहादुर कार्की लगायत रहनुभएको छ।
जस अन्तरगत सह अध्यक्ष, केहि सहसचिव र सदस्यहरु आगामी बैठकबाट टुङ्गो लगाउने गरि अधिवेशनबाट पदाधिकारी तथा सदस्यहरु निर्वाचित भएका हुन्।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका मुसिकोट नगरपालिकाका नगरप्रमुख जिवलाल खरेल जीवनले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाइ बधाइ दिदै समग्र शैक्षिक क्षेत्रको सम्मानको लागि आफ्नो ठाउबाट अनवरत चिन्तनशील र कर्ममा लाग्ने बताउदै अधिकार सङ्गसङ्गै कर्तव्य पालना गर्ने कुरामा आफुहरु नचुक्ने शिक्षालाई आग्रह समेत गर्नुभयो।
विशेष अतिथिको रुपमा नेपाल शिक्षक महासङ्घ जिल्ला अध्यक्ष हीरासिङ्घ सराङ्गकोटी विशेष अतिथिको रुपमा बोल्दै शिक्षकलाइ हरेक तवरबाट फरक दृष्टिले हेर्ने गरेको, सबै सरकार र राजनितिक दलले शिक्षकको समस्यामा राजनिति गरिरएकोले शिक्षक वास्तवमै दुखि भएको गुनासो गर्दै समाधानको लागि अबको सरकारले अबिलम्ब समस्या समाधान गर्न अनुरोध समेत गर्नुभयो।
कार्यक्रममा शिक्षक युनियन गुल्मीका पुर्व अध्यक्ष भीमलाल सापकोटा, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन केन्द्रीय प्रतिनिधि ज्ञानहरि सापकोटा,नेपाल राष्ट्रीय शिक्षक सङ्गठन मुसिकोटका अध्यक्ष दधिराम शर्मा, नेपाल शिक्षक सङ्घ अध्यक्ष डिल्लिराज खरेल, नेपाल राष्ट्रीय सर्वोदय मावि पौदी अमराइका प्रधानाध्यापक चिरन्जिवि थापा, रुद्रावति बहुमुखी क्याम्पसका निमित्त क्याम्पस प्रमुख कृष्णप्रसाद सापकोटा लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो।
कार्यक्रममा महासङ्घ मुसिकोटका सह सचिव टीका बहादुर घर्तीको स्वागत मन्तव्य, सचिव सरोजराज बौद्धाचार्यको सन्चालन र कार्यक्रमको अध्यक्षता उपाध्यक्ष कालिदास खरेलको रहेको थियो।
नवनिर्वाचित अध्यक्ष देविराम शर्माले नगरप्रमुखबाट सपथ ग्रहण गरि नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाइ सपथ ग्रहण गराउदै आफुले समग्र शिक्षा क्षेत्र र शिक्षाको सम्मान र विकासको लागि गर्व गर्न लायक काम गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभएको थियो। -नवखबर डटकम
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










