Smoking Causes Cancer

गुल्मीको रेसुङ्गा विमानस्थलमा पुषको अन्तिम साता डेमोन्स्ट्रेसन उडान हुने



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

सुमन महतरा, गुल्मी: गुल्मीको सिमिचौरमा रहेको रेसुङ्गा विमानस्थलमा पुषको अन्तिम साता डेमाेन्सटेसन उडान गर्ने भएको छ।

तत्कालीन संस्कृतिक, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रदिपकुमार ज्ञवालीले २०६३ सालमा शिलान्यास गरेको रेसुङ्गा विमानस्थलबाट तारा एयरले डेमाेन्सटेसन उडान गर्ने भएको हो।

यसअघि २०७५ साल जेठ २५ गते तारा एयरकाे ९ एनएकेएल कल साइन भएको विमानले परिक्षणकाे रुपमा उडान भरेको र उडान सफल भएको थियो। विमानस्थल धावनमार्ग ५ सय २० मिटर लम्बाई र चाैडाइ २० मिटर छ। १५६ राेपनि जग्गामा फैलिएको विमानस्थलमा निर्माण सकिदा सम्म ३२ कराेड ९० लाख रुपैयाँ खर्च भएको विमानस्थल गुल्मीका इन्जिनियर दिनेश परियारले बताए।

सिंचाई
Forest
Ad.

रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले विमान चलाउने विषयमा गहन छलफल र आग्रह पछि पाैष अन्तिम हप्तासम्म डेमाेन्सटेसन उडान गर्ने छलफल भएको बताए। उनले भने “गुल्मेली जनताकाे प्लेन चढ्ने सपना पूरा छिटै हुनेछ, हामीले सक्दाे छिटो सञ्चालन गरिदिन आग्रह गरेका छाैँ।”

त्यस्तै तारा एयरलाइन्सका उप निर्देशक राप्के शेर्पाले पहिले डेमाेन्सटेसनकाे रुपमा उडान गर्ने र त्यस्पश्चात सल्लाह गरेर अगाडि बढ्ने बताए।

तत्कालिन सांसद भागवत ज्ञवालीको पहलमा गुल्मीको सिमिचौरमा रेसुङ्गा विमानस्थलकाे सर्भे भएको थियो। सुरुवाती चरणमा विमानस्थल निर्माणका लागि नेता प्रदिप कुमार ज्ञवालीकाे पहलमा १२ लाख रुपैयाँ र डा. चन्द्र भण्डारी सांसद हुदा १५ कराेड रुपैयाँ बजेट बिनियाेजित भएको थियो।

विमानस्थल निर्माण सुरु भएको करिब १६ बर्षमा सकिएकाे हाे।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया