Salime Malika Krishi Farm

Awareness Campaign

बागलुङको निसिखोलामा पिकअपले किचेर एक बालकको मृत्यु



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

जित क्षेत्री, बुर्तिबाङ: बागलुङको निसिखोला गाउँपालिकामा पिकअपले किचेर एक बालकको मृत्यु भएको छ। निसिखोला गाउँपालिका वडा नंं २ बायोखोला, आमबोटमा लु १ ज ४५२० नम्बरको पिकअपले किचेर मान बहादुर कार्कीेका ३ वर्षीय छोरा शुभम कार्कीको मृत्यु भएको हो।

निसिखोला गाउँपालिकाको बायोखोला, आमबोट स्थित आफनै पसलमा पार्किङ गरिराखेको पिकअप सामान लोड गरि सकेपछि चालक होम बहादुर भण्डारीले चलाएर अगाडि बढाउने क्रममा एक्कासी पिकअपतिर आउँदै गरेका बालक शुभमलाई पछाडिको टायरले च्यापेको थियो।

टायरले च्यापेर गम्भीर घाइते भएका बालक कार्कीको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय बागलुङका सुचना अधिकारी गंगा बहादुर थापाले जानकारी दिनुभएको छ।

सिंचाई
Forest
Ad.

बालकको शव बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमार्टमपछि घर लगिएको छ। चालक भण्डारी सहित पिकअप नियन्त्रणमा लिएको थापाको भनाई छ। उहाँका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ।

गाडी पहिले नै वडा नं २ को काल्नेचौरमा पुगेको थियो र पुन सामान लोड गर्न भनि पसलमा फर्किएको समयमा बालकका बुबा र ड्राइभरले सामान लोड गर्ने क्रममा व्यस्त रहेका कारण बच्चाको ख्याल नगरी गाडीको पछाडी रहेका बच्चालाई एक्कासी गाडीले किचेको वडा नंं २ का वडाध्यक्ष कुविर विश्वकर्माले बताउनुभयो। -रेडियो परिवर्तन

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया