Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीका पत्रकार खत्री उत्कृष्ट लोक पत्रकारिता पुरस्कारबाट सम्मानित



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीका क्रियाशील पत्रकार अनिल खत्री सम्मानित भएका छन्। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला शाखा गुल्मीको सातौं जिल्ला अधिवेशनमा गुल्मीका क्रियाशील पत्रकार खत्री सम्मानित भएका हुन्।

पत्रकारिता क्षेत्रबाट नागरिकको आवाज मुखरित गरेको, लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीले जिल्लाका गरेका असल कर्मको प्रचारप्रसार गरेको तथा पत्रकारिता क्षेत्रमा लामो समयदेखि क्रियाशील रहेको भन्दै सम्मान गरेको प्रतिष्ठानका सचिव भुवन भुसालले बताए।

पत्रकार खत्रीलाई शनिबार लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष रमेश बिजीले नगद, प्रमाणपत्र र दोसल्लासहित सम्मान गरिएको हो। प्रमुख अतिथि बिजीले पत्रकारिता क्षेत्रमा थप क्रियाशील र योगदानका लागि बधाई तथा शुभकामना दिएका थिए।

सिंचाई
Forest
Ad.

गुल्मीको इस्मा गाउँपालिका-२ का अनिल खत्री विगत १५ वर्षदेखि जिल्लाको सदरमुकाम तम्घासमा बसेर पत्रकारिता गर्दै आएका छन्। खत्री हाल अनलाइन खबर र नेपाल टेलिभिजन लगायतका मिडियामा कार्यरत छन्।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया