Smoking Causes Cancer

बत्ती मुनिको अँध्यारोमा बस्न बाध्य गुल्मीका कुल बहादुरलाई उज्यालो देउ



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

कृष्ण अन्जान, गुल्मी: रुरुक्षेत्र गाउँपालिका, वडा नं. ३ को पुच्छार चिर्तुँगको पँधेरो नजिकै एउटा सामान्य खालको करिब करिब एक्लो घर, नजिकै जङ्गल।

भौतिक पुर्वाधारका कुरा गर्ने हो, घर माथिबाट गाडी दगुर्छन, घर अलि तल मदन भण्डारी राजमार्ग छ। नजिकै चिर्तुङ्गको पँधेरो पानीकाे पनि दुख छैन तर सबैभन्दा विडम्बना गाउँ भरि बिजुली बल्दा रुरुक्षेत्र ३ चिर्तुङका रातडाँडे कुल बहादुर विक अरुकाे घरमा बलेकाे बिजुली हेरेर अँध्याराेमा बस्न विवश छन।

वास्तवमा उनकाे विपन्नता नै बिजुली बाल्न नसक्नुको कुल बहादुरको एउटा कारण हाे।

सिंचाई
Forest
Ad.

आमा जिउँदै छँदा आमाको सामाजिक शुरक्षा भत्ताले जीवनयापन गरेका रातडाँडे कुल बहादुर विक आमाको मृत्यु पछि टुहुराे मात्र बनेनन् जिउने आधार समेत खाेसियो।

‘गाउँमा खासै काम पनि पाइँदैन, काम पाईहाले पनि दुईछाक हातमुख जाेड्न ठिक्क छ। बिजुली जाेड्न सकिन अँध्याराेमै बस्ने गरेकाे छु। उहि अँगेनाको आगोको उज्यालोको भर छ।’ कुलबहादुर विकले भने।

राज्यले भन्छ जनताका आधारभुत आवश्यकता पूरा गर्ने काम पहिलो प्राथमिकता हो तर अनुत्पादक मात्र हाेईन। अनावश्यक क्षेत्रमा राज्यको लगानी छ। रित्ता घरहरुका तगारामा सडक पुग्छन। शहर तिर बसेर मेराे यस्तो उस्तो काम गर्दिनु।

बिजुलीको पाेल गाड्दिनु, बाटाे बनाईदिनु, घर जाने तगारो बनाई दिनु, घर नजिकैकाे पँधेराे मर्मत गर्दिनु, भनेर पहुँच झार्नेहरुका काम मज्जाले बन्छन तर बत्ती मुनि अँधेराे रातडाँडे कुल बहादुर विककाे घरमा बिजुली बाल्ने र उसलाई पनि उज्यालोमा राख्ने कुरामा कसैको ध्यान जाँदैन तर विकासका कुरा भनेर फलाक्ने काम भने भईरहेको पाईन्छ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया