गुल्मी: आर्थिक अभावमा उपचार नपाएकी गुल्मीको मुसिकोट नगरपालिका वडा नं. २ तोलादीकी ज्ञानकुमारी कुमालको उपचार हुने भएको छ। श्रीमानको मृत्यु पश्चात सहाराविहिन बनेकी कुमालको हाल हात खुट्टा कुहिएर विस्तारामै थलिनुभएको थियो।
छोराछोरी समेत नभएपछि उपचारका लागि अस्पताल पुग्न नसकेकी उनलाई सोलुखुम्बु स्थायी घर भई हाल सयुंक्त राज्य अमेरीकाको क्यालिफोर्नियामा रहनुभएकी आङ दामु शेर्पाले निशुल्क उपचार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो।
जिटिभि नेपालबाट प्रशारण हुने कार्यक्रम सघंर्षका कथा मार्फत कुमालको कथा व्यथा देखेपछि उहाँले निःशुल्क उपचार गर्ने घोषणा गर्नुभएको हो।
शेर्पाले आफ्नी आमा स्वर्गीय पेम्बाडिकी शेर्पाको पुण्य स्मृतीमा कुमालको उपचार गर्ने बताउनुभएको हो। कुमालको कारुणीक अवस्था देखेर आफु विक्षिप्त बनेको भन्दै शेर्पाले आफुले सहाराविहिन आमाका लागि सहयोग गर्ने घोषणा गरेको बताउनुभयो।
यसैबीच कुमालको उपचारका लागि नगद रु १२ हजार रुपैयाँ पनि हस्तान्तरण गरिएको छ। जिटिभि नेपालबाट सकंलित उक्त रकम वडाध्यक्ष रविन्द्र केसी र जिटिभि नेपालका अध्यक्ष दिपक नेपालीले सयुंक्त रुपमा हस्तान्तरण गर्नुभएको हो। कुमाललाई केही दिन भित्रै उपचारका लागि लैजाने तैयारी भईरहेको नेपालीले बताउनुभयो।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







