Salime Malika Krishi Farm

Awareness Campaign

मुसिकोट नगरप्रमुख प्रत्येक हप्ता नागरिकका गुनासा सुन्न बस्ती-बस्तीमा पुग्ने



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

सागर भण्डारी, गुल्मी: मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवन खरेलले जनतासंग नगरप्रमुख कार्यक्रमको सुरुवात गर्नुभएको छ। जनताका गुनासा सुन्न र सुझाव संकलन गर्न जनतासँग नगरप्रमुख भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सञ्चालनमा ल्याइएको हो।

नगरपालिकाका ९ वटा वडामा रहेका विभिन्न बस्ती तथा सरकारी कार्यालय,गैह्र सरकारी कार्यालय,सामुदायिक सघंसंस्था, शैक्षिक एवम् स्वास्थ्य संस्था र अन्य निजि संस्थाहरुको अनुगमन, निरिक्षण गर्ने तथा आवश्यक निर्देशन गर्ने र जनताका गुनासा तथा समस्यालाई नगरपालिकाको योजनासगं जोड्ने गरी यस्तो कार्यक्रमको सुरुवात गरिएको नगरप्रमुख जीवन खरेलले बताउनुभयो।

हरेक हप्ताको बिहिवार र शुक्रवार दुई पटक यो कार्यक्रम सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो। नियमित साप्ताहिक रुपमा नगरबासीको वस्तीमा पुग्ने गरी आफुले योजना बनाएको नगरप्रमुख खरेलको भनाई छ।

सिंचाई
Forest
Ad.

’एक पटक जितेर गएपछि जनप्रतिनिधिहरू फर्केर हेर्दैनन् भन्ने जनताको गुनासोलाई हामीले सम्बोधन गर्दैछौं, जनताको मत पाएर जितेपछि हामीले जनतासँग जनप्रतिनिधि कार्यक्रम सञ्चालनमा ल्याएका हौँ,’ उहाँले भन्नुभयो, ’जनतासँगको प्रत्यक्ष कार्यक्रमले जनताका समस्या, स्थानीय आवश्यकताहरू पहिचान हुनेछन्।’

कार्यक्रममा जनताका स-साना आवश्यकतादेखि स्थानीयस्तरमा कसरी विकास गर्न सकिन्छ, नगरपालिकालाई कसरी समृद्ध बनाउने, स्थानीय मागमा आधारित कार्यक्रमहरू कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा समेत छलफल हुने उहाँले बताउनुभयो ।

सोही कार्यक्रम बमोजिम शुक्रवार वडा नम्बर १ का विभिन्न संस्था र बस्तीहरुको अनुमगन एवम् निरिक्षण गरिएको छ। नगरउपप्रमुख गगां श्रेष्ठ ,वडाध्यक्ष मोहन घिमिरे सहित वडाबासीको सहभागितामा कार्यक्रम गरिएको हो।

वडा नं १ को रगंनाम बस्ती, अरेवा बस्ती तथा ४ वटा सामुदायिक र १ वटा निजि विद्यालयमा पुगेको नगरप्रमुख खरेलले बताउनुभयो। सो अवसरमा नागरिकहरूले सडकका कारण घर तथा बस्तीमा क्षति पुगेको गुनासो गरेका छन्। त्यस्तै विद्यालयहरुमा समयमै शिक्षक उपस्थित नहुने, न्यून विद्यार्थी र भएका विद्यार्थीहरुको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा समेत छलफल भएको छ।

Awareness by SKF

सरस्वती माध्यमिक विद्यालय मुसिकोट-१, थामका प्रधानाध्यापक रोमाकान्त खरेलले जनताको माझमा सुन्ने र सुनाउने गरी सुरु गरिएको कार्यक्रम प्रशंसनीय भएको बताउनुभयो। उहाँले अनुगमन र निरिक्षणमा आएका सुझावहरुलाई कार्यान्वयन गर्न सकेमा कार्यक्रमको औचित्य हुने धारणा व्यक्त गर्नुभयो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया