Salime Malika Krishi Farm

Awareness Campaign

अर्घाखाँचीबाट बाइक चोरी गर्ने गुल्मीका एक युवा पक्राउ



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: जिल्लाको प्रहरी कार्यालयले बिहिवार मोटरसाईकल चोरी गर्ने एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय गुल्मी र ट्राफिक प्रहरी कार्यालयको संयुक्त टोलीले चेक जाँच गर्ने क्रममा लु २७ प ६०१५ नम्बरको मोटरसाईकलसहित पक्राउ गरेको हो। एक ग्यारेजमा शंकास्पद अवस्थामा फेला पारी गुल्मीदरबार गाउँपालिका-६ का १८ वर्षीय घनश्याम टण्डनलाई पक्राउ गरेको हो।

मंसिर १९ गते अर्घाखाँचीको सन्धिखर्कस्थित प्रेम बहादुर खड्काको मोटरसाईकल हराएपछि खड्काले जिल्ला प्रहरी कार्यालयमा खोजतलासका लागि निवेदन दिएका थिए। जिल्ला प्रहरी अर्घाखाँचीले गुल्मीको प्रहरीसँग सहयोग मागेपछि अनुसन्धान सुरु भएको थियो । गुल्मीको प्रहरीले उक्त मोटरसाईकल अर्घाखाँची कै सन्धिखर्क १ स्थित विनायक मोटरपार्ट्स ग्यारेजमा रहेको पत्ता लगाएको थियो।

थप अनुसन्धानपछि मोटरसाईकल चोरी गरेको आशंकामा गुल्मीका टण्डनलाई पक्राउ गरी अर्घाखाँचीको प्रहरी समक्ष कार्बाहीका लागि पठाइएको गुल्मीका निमित्त प्रहरी प्रमुख डिएसपी माधवराज खरेलले जानकारी दिए। -ग्लोबल आवाज

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया