Place for ads

Awareness

बागलुङको बडिगाडमा पहिलोपटक सासु र बुहारीहरु बिच हाजिरीजवाफ प्रतियोगिता



ओझेलका खबर संवाददाता
१ वर्ष अगाडि


Place for ads

अनिश पाठक, बागलुङ: बेला बखतमा पर्ने विभिन्न अभियान र दिवसको अवसरमा विभिन्न संघ संस्थाले औपचारिक कार्यक्रमको आयोजना गरी कार्यक्रम सम्पन्न गर्नेगर्दछन। जहाँ नेतृत्व तहका केहिले मंचबाट हक अधिकारका कुरा गर्दछन। उपस्थित भिडले त्यसैमा ताली पिट्छन् अनि कार्यक्रम सम्पन्न हुन्छ।

तर गत शनिबार मात्रै सम्पन्न भएको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अबसरमा भने जिल्लाको बडिगाड गाँउपालिकामा फरक दृश्य देखियो । उक्त अभियानको कार्यक्रममा न त उच्च तहका नेतृत्व मंचमा थियो । न कार्यक्रम सम्पन्नको लागि तामझाम नै।

Get Vaccinated

थिय त केवल मंचमा पालिकाका जनप्रतिनिधी र कर्मचारी । र दर्शक दिर्घामा २० वर्ष देखि ४० वर्ष उमेर समुहका बुहारी र केहि जनमानस। अझ रोचक त के थियो भने उक्त बुहारीको समुह अभियानमा भनिएका हक अधिकारका कुरा सुन्न नभई अभियानको अबसरमा आयोजना गरिएको कार्यक्रममा सहभागिताको लागि उपस्थीत थिय।

बडिगाड गाँउपालिकाले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अबसरमा आयोजना गरेको बुहारी हाजिरी जवाफ प्रतियोगितामा सहभागि हुन पालिकाभरका विभिन्न वडाबाट १३ समुहको सहभागिता रहेको थियो । एक समुहमा ३ जनाका दरले प्रतियोगितामा ३९ बुहारी तथा आमाहरुको सहभागिता रहेको थियो ।

प्रतियोगितामा सोधिएका महिला हक, अधिकार, कानुनका र समसामाहिक प्रश्नमा उनिहरुको जवाफले माहोल निकै रोचक बनेको थियो । कतै अप्रत्यासित जवाफ त कतै झटारो जवाफले कार्यक्रम रोचक बनेको हो।

प्रतियोगितामा सहभागि समुहका बुहारी कतै बच्चा काँखमा च्याप्दै प्रश्नको जवाफ दिईरहेका थिय । त कतै आमाहरु बुहारीलाई प्रश्नको जवाफ सोधिरहका थिय । जे होस अभियानको अबसरमा पालिकामा पहिलो पटक आयोजना गरिएको उक्त प्रतियोगिताले उपस्थीत आमा तथा बुहारीलाई केहि जानकारी त दियो नै । साथमा अभियानको अवसरमा फरक कार्यक्रम पनि गर्न सकिन्छ भन्ने सन्देश समेत दिएको छ।

Awareness by SKF

सो अवसरमा पालिका अध्यक्ष गण्डकी थापा अधिकारीले हिंसामा महिला मात्र नभई पुरुष पनि प्रर्ने गरेको भन्दै हिंसा सहेर नबस्न आग्रह गर्दै समाजका हरेक गतिविधीमा महिलाहरु खुलेर सहभागि बन्नु प्रर्ने बताईन् ।

“आयोजित प्रतियोगिताबाट बुहारी तथा आमाहरुमा पनि समसामाहिक विषयको जानकारी हुदो रहेछ भन्ने देखियो अधिकारीले भनिन् सवाल जवाफको प्रतियोगितामा महिला मित्रहरुले खुलेर सहभागि जनाउनु भयो यो नै पालिकाको लागि गर्वको विषय हो।”

काँखमा बच्चा राखेरै भएपनि प्रतियोगितामा सहभागिता जनाएर तितृय भएको बडिगाड २ को कोलबोट महिला समुहकि अनिता बलामी रानाले शुरुमा प्रतियोगितामा सहभागिता जनाउन डर लागेको भएपनि प्रतियोगितामा सोधिएका प्रश्नले महिला हक र कानुनको विषयमा जान्ने अबसरमा मिलेकोमा खुसी व्यक्त गरिन् ।

“शूरमा त मलाई बेस्सरी डर लागेको थियो उनले भनिन् प्रतियोगिताको लागि तयारी पनि खासै थिएन् तर केहि विद्यालयमा पढ्ेका कुरा र केहि समसामयिक विषयमा प्रश्न सोधिएपछि भने केहि सहज भयो उनले भनिन्।”

COVID-19

यस्तै रणसिंहकिटेनीबाट प्रतियोगितामा सहभागि बनेकि गंगा कुमारी बुढा रानाले अभियानका अबसरमा पालिकाले आयोजना गरेको प्रतियोगिताको कारण अब अन्य कार्यक्रममा पनि सहभागि बन्न सकिने रैछ भन्ने आट आएको बताईन्। ‘पहिला पहिला कार्यक्रममा सहभागि हुने र बोल्ने भनेपछि डर लाग्थ्यो तर अब सकिन्छ जस्तो लागेको छ।’ उनले भनिन्।

प्रतियोगितामा प्रथम भएको लालिगुरास आमा समुह बडिगाड ५ कि कमला थापाले अभियानको अबसरमा पालिकाले आयोजना गरेको प्रतियोगिताले सवाल जवाफका प्रतियोगितामा पनि सहभागि हुन सकिन्छ भन्ने लागेको बताईन् ।

“पहिलै देखि गायन र नृत्य प्रतियोगितामा त सहभागि हुने गरेकि थिए पहिलो पटक सवाल जवाफको कार्यक्रममा पनि सहभागि भए, अब यस्ता प्रतियोगितामा पनि सहभागि हुन सकिन्छ भन्ने लाग्यो उनले भनिन् ।”

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अबसरमा बडिगाड गाँउपालिकाले आयोजना गरेको हाजिरी जवाफ प्रतियोगितामा विभिन्न वडाबाट सहभागि समुह मध्ये लालि गुराँस आमा समुह बडिगाड ५ ग्वालिचौर प्रथम, जनचेतना आमा समुह बडिगाड १ दगातुम्डाँडा द्धितिय र कोलबोट महिला समुह बडिगाड २ कोलबोट तितृय भएका थियो। -रेडियो सारथी

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया