बागलुङ: बागलुङको बडिगाड गाउँपालिका वडा नं. ७ स्थित थानकुमारी केसीलाई ब्लड क्यान्सर भएर उपचारमा आर्थिक अभाव भएपछि परिवारले सहयोगको याचना गरेका छन्।
हाल भारतको पञ्जाब स्थित ओस्वाल अस्पतालमा उपचाररत उहाँको उपचारमा आर्थिक अभाव भएकाले छोरा दिनेश शर्माले सबैसंग सहयोगको याचना गर्नुभएको हो।
अचानक शरीरमा निलो धब्बा र त्यसको केहिदिन लगत्तै मुखबाट रगत बग्ने समस्या देखापरेपछि परिवारले बुर्तिबाङ अस्पताल पुर्याएका थिए। त्यहाँबाट रिफर गरि मणिपाल अस्पताल पोखरा लगिएको र त्यहापनी समस्या पत्ता नलागी भारत पन्जाब स्थित ओस्वाल अस्पतालमा पुर्याई चेकजाँच गर्दा रक्त क्यान्सर देखिएको शर्माले बताउनुभयो।
ब्लड क्यान्सरको उपचार धेरै महङ्गो हुने र घरको आर्थिक अवस्था सामान्य रहेको तथा भएको अलिअलि पैसा पनि सकिएकाले सहयोगको याचना गर्नुपरेको उहाँले बताउनुभयो।
‘कतिपयले क्यान्सर निको हुदैन पनि भन्नुहुन्छ तर एउटा छोराले आफ्नो मम्मी घरको ओछ्यान मा छ्ट्पटाएको हेर्न गाह्रो हुने हुदा अस्पताल भर्ना गर्नुपर्ने बाध्यता पनि मसङ्ग रहेको छ र सास रहुन्जेल आस हुदोरहेछ एकथुकी सुकि सयथुकी नदि भन्छन तसर्थ इच्छुक ब्यक्तिलाइ स्वेच्छिक सहयोगको लागि अनुरोध गर्दछु।’ शर्माले भन्नुभएको छ।
उहाँले समाजसेवी तथा अभियन्ताहरुलाई सहयोगको लागि अभियान सन्चालन गरि जीवन रक्षा गरिदिन पनि उहाँले सबैसंग आग्रह गर्नुभएको छ। सहयोगका लागि छोरा दिनेश शर्माको सम्पर्क नम्बर ९८४६८२८७५३ मा सम्पर्क गर्न सकिनेछ। -बडिगाड अनलाइन
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |