Salime Malika Krishi Farm

Awareness Campaign

कुल पूजामा बलीप्रथा त्याग्दै घण्टी बाँधेर छाडियो बोका



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

काभ्रे: काभ्रेको पनौती कुशादेवी क्षेत्रका आचार्य बन्धुहरुले कुलपूजाको क्रममा बली नदिने निर्णय गरेका छन्।

अघिल्लो बर्ष नै धान्यपूर्णिमामा हुनुपर्ने कुजपूजाका लागि किनिएको बोकालाई उक्त समयमा सुतक परेका कारण कुलपूजा रोकिएपछि बलि दिइएन, सोही बोकालाई जेठमा बलि दिने तयारी हुँदै गर्दा जुठो परेकाले पुनः कुलपूजा रोकियो। आज कुलपूजाको क्रममा बलि दिन पनौती ६ मा रहेको मन्दिरमा लगिएको बोकालाई बली नदिई घण्टी बाँधेर छाडिएको छ।

सिंचाई
Forest
Ad.

उक्त क्षेत्रका १५० भन्दा बढी घरधुरी आचार्य बन्धुहरुले अबदेखि कुलपूजामा बलि नदिने र नरिवल चढाउने निर्णय गर्दै बोकाको घाँटीमा घण्टी बाँधेर छाडिदिएका छन्। -रोचक खबर फेसबुक पेज

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया