Smoking Causes Cancer

जन्मदिनको अवसरमा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

 गुल्मी: शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक सिमलटारी शाखाका प्रबन्धक दिपक पाण्डेले आफ्नो जन्म दिनको अवसरमा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरेका छन।

मालिका गाउँपालिका-८, दघास स्थित थानपती आधारभुत विद्यालयमा अध्यापन गर्ने दुई जना छात्राछात्रलाई नगद सहित शैक्षिक सामाग्री प्रदान गरेको विद्यालयलका शिक्षक राजु पौडेलले जानकारी दिए।

जन्म दिनमा अन्य फजुल खर्च गर्न भन्दा जेहेन्दार विद्यार्थीलाई सम्मान स्वरुप शैक्षिक सामाग्री प्रदान गर्दा विद्यार्थीको मनोबल बढ्नुका साथै अध्ययनमा थप रुचि वृद्धि होस भन्ने उद्देश्यले शैक्षिक सामाग्री हस्तान्तरण गरेको पाण्डेले बताए।

सिंचाई
Forest
Ad.

जन्म दिन तथा अन्य उत्सवमा गरिने यस्ता क्रियाकलापले समाज रुपान्तरणमा टेवा पुराउने विद्यालयका प्रधानाध्यापक कुल प्रसाद अर्यालले बताए। -गुल्मी अपडेट

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया