Salime Malika Krishi Farm

Awareness Campaign

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता: लगातार चौथो पटक त्रिभुवन प्रथम



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

अनिश पाठक, बडिगाड: बडिगाड गाँउपालिकाको आयोजना तथा खारा माध्यमिक विद्यालय बडिगाड-५, खारको व्यवस्थापनमा सम्पन्न चौथो राष्ट्रपति रनिङ सिल्ड प्रतियागिता २०७९ को सिल्ड यस पटक पनि बडिगाड २ को त्रिभुवन नुमना माध्यमिक विद्यालयले हात पारेको छ। त्रिभुवनले २१ स्वर्ण ७ रजत ३ कास्य पदक सहित लगातार चौंथो पटक पनि विजेता बनेको हो । ६ स्वर्ण, ७ रजत र ६ कास्य पदक सहित बडिगाड ५ को भानु माध्यमिक विद्यालय दोस्रो र ५ स्वर्ण ६ रजत र ९ कास्य पदक सहित बडिगाडको ४ को बनस्पती मावि भने तेस्रो बनेको छ।

बडिगाड गाँउपालिका भरका १३ सामुदायिक र २ संस्थागतगरि कुल १५ विद्यालयको सहभागिता रहेको प्रतियोगितामा भलिवल, कराते, विभिन्न दौड, तेक्वान्दो, एथ्लेटिक्स लगाएतका विधामा विद्यार्थीहरु सहभागि बनेका थिए। भने लगातारको विजेता त्रिभुवनकै प्रेमकला राना तिन खेलमा स्वर्ण पदक विजेता बन्दै सर्वोकृष्ट खेलाडि घोषित भईन् । उनले १५ सय मिटर र १०० मिटर दौड संगै लङ्जम्पमा प्रथम स्थान हासिल गरेकी थिईन।

प्रतियोगिताको समापन समारोहमा पालिका अध्यक्ष गण्डकी थापा अधिकारीले राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता पालिकालाई जिल्ला हुदै प्रदेश र देशभरिनै चिनाउने एक अबसर पनि भएको भन्दै खेलाडीलाई अनुशासनमा रहि उत्कृष्ट खेल प्रर्दशन गर्न आग्रह गरिन्। साथै अधिकारीले विद्यालयले प्रतियोगिताको बेला मात्र विद्यार्थिलाई खेलकुद गतिविधीमा सहभागि गराउने गरेको भन्दै अन्य समयमा पनि खेलमा लागानि गर्न विद्यालयलाई निर्देशन दिईन् । उनले शैक्षिक गुणस्तर संगै अतिरिक्त किर्याकलापमा पनि पालिका विद्यालयलाई साथ सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरिन्।

सिंचाई
Forest
Ad.

यसैविच राष्ट्रपति रनिङ सिल्ड प्रतियागिताको लगातारको विजेता बडिगाड २ को त्रिभुवन नमुना माध्यमिक विद्यालयका प्रध्यानाध्यापक ढालमणि भण्डारीले विद्यार्थिको मेहनत र तेस्रो पटक सम्म लगातार विजेता बनेको कारण पनि यस वर्ष बिजेता बन्न सहज भएको बताए।

भण्डारीले विद्यालयले विद्यार्थीको चाहना अनुसार खेल क्षेत्रमा पनि लगानी गर्ने गरेको कारण पनि सफलता मिलेको बताए। विद्यालयले विभिन्न समयमा आन्तरिक, विद्यालय स्तरिय खेल कार्यक्रम समेत गर्दै आएको पनि उनले सुनाए। जिल्लामै यस वर्ष बडिगाड गाँउपालिकाले पहिलो पटक राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको आयोजना गरेको हो। -रेडियो सारथी

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया