गुल्मी: मुसिकोट नगरपालिका, वडा नंबर ७ का पूर्व वडाध्यक्ष एवम् नेकपा एमाले मुसिकोट नगरकमिटी अध्यक्ष प्रकाश काफ्लेले लियो क्लव अफ गुल्मी शालिमेलाई सहयोग गर्नुभएको छ।
४ महिना अगाडी मात्रै गठन भएको क्लवले सामाजिक क्षेत्रमा उल्लेख्य कार्यहरुको सुरुवात गरेको भन्दै उहाँले क्लवको आवश्यकतालाई ध्यानमा राखेर साउण्ड बक्स बापत नगद रु १५ हजार रुपैयाँ सहयोग गर्नुभएको हो।
केही वर्ष अगाडी आफुहरुले वामीमा सुरु गरेका सामाजिक कार्यहरु अहिले निरन्तर रुपमा गर्न नसकेपनि पुनः क्लवको गठन गरि वामीमा रहेका युवाहरुले देखाईरहेको सक्रियताले आफुलाई खुसी लागेको भन्दै उहाँले अझै धेरै प्रगतीको शुभकामना समेत व्यक्त गर्नुभयो।
यो पनि: गुल्मीको मुसिकोटमा लियो क्लवको ६५ औँ स्थापना दिवस मनाईयो
फोहोर व्यवस्थापन, ट्राफिक सचेतना सगैं अन्य विभिन्न सामाजिक कुरीति र बेतिथि विरुद्ध स्थानीय सरकारसगं क्वले सहकार्य र समन्वय गरेर अगाडी बढ्नुपर्ने उहाँको भनाई थियो।
क्लवका जनसम्पर्क अधिकृत विवेक काफ्लेले सहयोगी प्रकाश काफ्ले प्रति धन्यवाद व्यक्त गर्दै समाज परिवर्तनका लागि सबै सघंसंस्था र सम्पूर्ण सामाजिक व्यक्तिहरु एकजुट भएर लाग्नुपर्ने बताउनुभयो।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |








