Clean Water Campaign

Awareness Campaign

ग्लोबल आईएमई बैंकको शाखा रहित बैङ्किङ सेवा मुसिकोटका २ वटा वडामा विस्तार



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

 सागर भण्डारी, गुल्मी: ग्लोबल आईएमई बैंकले मुसिकोट नगरपालिकाका २ वटा वडामा आफ्नो शाखा रहित बैङ्किङ सेवा शुभारम्भ गरेको छ।

बैकंले २७८ औँ शाखा मुसिकोट २ देउराली र २७९ औँ शाखाको रुपमा मुसिकोट ४ नेटाबाट सेवा आरम्भ गरेको हो। आईतबार मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवन खरेलले दुबै शाखाको उद्घाटन गर्नुभएको हो।

प्रमुख अतिथि समेत रहनुभएका खरेलले उद्घाटन समारोहलाई सम्बोधन गर्दै भौगोलिक हिसाबले ग्रामीण क्षेत्रमा सेवा विस्तार गरी नागरिकलाई सहजता प्रदान गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । उहाँले बैकं सम्बन्धी जानकारी लिने, सेवा लिने दिने, तथा प्रविधिको विकाससगैं नागरिकलाई बैङ्किङ क्षेत्रसगं जोड्न मद्धत पुगेको बताउनुभयो।

सिंचाई
Forest
Ad.

मुसिकोट नगरपालिका वडा नं १ का वडाध्यक्ष मोहन घिमिरेले बैकंको पहुँच बाहिर दुरदराजमा रहेका नागरिकहरुलाई बैकिंङ सेवामा पुर्याउनु स्वभावैले आर्थिक एवम् सामाजिक विकाससगं जोडिएको बताउनुभयो।

वडा नं २ का वडाध्यक्ष रविन्द्र केसीले व्यवसायिक भन्दा पनि अझै धेरै सेवालाई ध्यानमा राखेर काम गर्न सुझाव दिनुभयो ।

वडा नं ४ का पूर्व वडाध्यक्ष ओम बहादुर केसीले आफुहरुले विगतमा वडा नं ४ मा झन्झटिलो माध्यमबाट सामाजिक सुरक्षा भत्ता वितरण गरेको स्मरण गर्दै शाखा रहित बैकिंङ सेवा शुभारम्भ भएसंगै नागरिकलाई सहज भएको धारणा राख्नुभयो।

Awareness by SKF

ग्लोबल आईएमई बैकंका व्यवसायिक प्रतिनिधि बसन्त अधिकारीले ग्लोबल आईएमई बैकंको शाखा रहित सेवाले नागरिकलाई बैकंको पहुचसम्म पुर्याउने तथा ग्रामिण क्षेत्रका बासिन्दाले स्थानीय प्रतिनिधिमार्फत विभिन्न बैंकिङ सेवा लिन सक्ने बताउनुभयो । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको ब्याज भुक्तानी गर्ने, सामाजिक सुरक्षा भत्ता वितरण लगायतका कामहरु हुने जानकारी दिनुभयो।

ग्लोबल आईएमई बैकं वामी शाखाका प्रबन्धक विष्णु कुँवरले सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्यकतालाई मध्यनजर गर्दै वामी शाखाको मातहतमा रहनेगरी उक्त शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको वताउनुभयो। उहाँका अनुुसार मुसिकोट नगरपालिकाको वडा नं १- पौदी अमराइ, वडा नं. ३ -ठुलापोखरा, वडा नं. ५- आपचौर, वडा नं. ६- भुवाचिदी र वडा नं. ९- पाड्थोकमा बैंकले यसअघि नै शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन गरिरहेको छ।

विस्तारित नयाँ शाखा रहित सेवा मध्ये वडा नं २ मा मदन दिप घिमिरे र वडा नं ४ मा बोम बहादुर छन्त्याल संग बैंकले द्विपक्षिय सम्झौता गर्नुका साथै प्रमाण पत्र र ईलेक्ट्रिक मेसिन समेत हस्तान्तरण गरेको छ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न सघंसंस्थाका प्रमुख तथा प्रतिनिधि, शिक्षक, समाजेवी लगायतको उपस्थिति रहेको थियो ।कार्यक्रमको सञ्चालन बैकंका बुद्धमणी खरेलले गर्नुभएको थियो।

“सबैका लागि बैंक” भन्ने नाराका साथ ३२ लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७७ जिल्लामा २९२ शाखा, २७० एटीएम, २७९ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय (संयुक्त अधिराज्य, अष्ट्रेलिया र भारत) समेत गरी ८९५ भन्दा बढि सेवा केन्द्रबाट ग्राहकवर्गलाई सेवा प्रदान गरिरहेको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया