Smoking Causes Cancer

गुल्मीमा सार्वजनिक सवारीसाधनबाट नियन्त्रणमा लिइएको ६० लिटर घरेलु मदिरा नष्ट



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

टोपलाल अर्याल, गुल्मी: जिल्ला प्रहरी कार्यालय गुल्मीले घरेलु मदिरा नष्ट गरेको छ। सार्वजनिक सवारी साधनमा व्यवसायिक प्रयोजनको लागि ल्याइएको ६० लिटर घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधबराज खरेलले जानकारी दिए।

देउराली चेकपोस्टमा नियमित सवारी साधन चेकजाँचको क्रममा फेला परेको मदिरा स्थानीय जनप्रतिनिधि र पत्रकारको रोहवरमा नष्ट गरिएको खरेलले बताए। उनले जिल्लामा घरेलु मदिरा उत्पादन, सेवन र बिक्रीवितरणको व्यापक जनगुनासो आएपनि स्थानीय तहले सहजीकरण नगर्दासम्म नियन्त्रण गर्न समस्या भएको बताए।

केही स्थानीय तहले बेलाबखतमा बजार अनुगमन र मदिरा नियन्त्रणको अभियान संचालन गरेपनी नियमित कार्यान्वयनको अभाव रहेको छ। -गुल्मी न्यूज

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया