Salime Malika Krishi Farm

Awareness Campaign

जिटिभी नेपालको ‘शान्ति नेपाली बचाउँ अभियान’ मार्फत सकंलित ५ लाख सहयोग हस्तान्तरण



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: जिटिभी नेपाल अनलाईन सुचना केन्द्र प्रा.लि., मुसिकोट गुल्मीले सञ्चालन गरेको ‘शान्ति नेपाली बचाउँ अभियान’ मार्फत सकंलित रकम पिडितलाई हस्तान्तरण गरिएको छ।

छोरालाई जन्मदिएपश्चात अचेत बनेकी मुसिकोट नगरपालिका २ गुल्मी माईत भएकी शान्ति नेपालीको उपचारमा सहयोग पुर्याउने उद्धेश्यले सकंलित ५ लाख रुपैयाँ पिडितको परिवारलाई हस्तान्तरण गरिएको हो।

मुसिकोट-२ स्थायी घर भई हाल हङकङमा रहनुहुने प्रकाश नेपालीको सक्रियतामा हङकङमा सकंलित उक्त रकम जिटिभि नेपालका अध्यक्ष दिपक नेपालीले पिडितका बुबा सेते सार्कीलाई हस्तान्तरण गर्नुभएको हो। शान्तिको हाल काठमाण्डौमा उपचार भईरहेको छ। कमजोर आर्थिक अवस्था रहेका उहाँलाई उपचार गर्न कठिनाई भएपछि जिटिभि नेपालले सहयोग सकंलन अभियान सुरु गरेको थियो।

सिंचाई
Forest
Ad.
मुसिकोट-२ स्थायी घर भई हाल हङकङमा रहनुहुने प्रकाश नेपाली

सहयोग रकम ग्रहण गर्दै बुबा सेते सार्कीले आफ्नो छोरीको उपचारका लागि सहयोग गरेकोमा सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै यो अभियान सञ्चालन गर्ने जिटिभि नेपाल प्रति धन्यवाद व्यक्त गर्नुभयो।

२४ वर्षीय शान्ति छोरालाई जन्मदिएपश्चात अचेत रहनुभएको छ। हाल उहाँको आईसीयूमा उपचार भईरहेको छ । ३ महिने बालकको विचल्ली बनेको छ । शान्ति छोरालाई जन्म दिएदेखि प्यारालाईसिस र मुटु सम्बन्धी रोगले थलिनुभएको हो।

राम्रो अस्पतालमा उपचार गराउने पैसा नभएपछि श्रीमान खड्कले उहाँलाई घरमै ल्याएर राख्नुभएको थियो। केही समय अगाडी जिटिभी नेपालकै अभियानमा जोडिएर बाँकेको खजुरा गाउँपालिका वडा न ४ घर भई हाल सयुंक्त राज्य अमेरीकामा रहनुभएका समाजसेवी लिल बहादुर थापाले नगद रु ४० हजार सहयोग गर्नुभएको थियो । त्यसपछि शान्तिलाई अस्पताल लगेर उपचार सुरु गरिएको हो। पछिल्लो समय स्वास्थ्यमा केही सुधार हुँदै गएपनि अझै उपचारका लागि थुप्रै पैसा लाग्ने पिडित परिवारको भनाई छ।

जिटिभि नेपालकै अभियान मार्फत केही दिन अगाडी पनि विभिन्न व्यक्तिहरुबाट संकलित नगद रु. ४७ हजार रुपैयाँ पिडित परिवारलाई हस्तान्तरण गरिएको थियो।

Awareness by SKF

शान्ति नेपालीको उपचारमा अझै थुप्रै रकम लाग्ने भएकाले सबैलाई सक्दो सहयोग गरी उहाँको जीवन रक्षा गरिदिन जिटिभि नेपालका अध्यक्ष दिपक नेपालीले सबैसंग अनुरोध गर्नुभएको छ। उहाँलाई सहयोग गर्न दिपक नेपाली ९८६७७४८९७१ मा सम्पर्क गर्न सकिनेछ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया