Salime Malika Krishi Farm

Awareness Campaign

आत्महत्या रोकथामका लागि पोखरामा दुईदिने ‘गेट किप्पर तालिम’



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

राजेश पराजुली, पोखरा: मनोसामाजिक सुस्वास्थय तथा आत्महत्या रोकथाम सम्वन्धि ‘गेट किप्पर तालिम’ सोमबार सम्पन्न भएको छ। आत्महत्या रोकथाममा सबैको सहकार्य भन्ने मुल नाराका साथ कोशिश (राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्वन संगठन) नामक संस्थाको आयोजनामा उक्त तालिम सम्पन्न भएको हो।

तालिम पोखरा महानगरपालिका वडा कार्यालय ५ र शहरी स्वास्थ्य केन्द्र पोखरा ५ को समन्वय तथा सिबिएमको सहयोगमा सम्पन्न भएको थियो। पहिलो चरणमा पोखरा वडा नं. ५ भित्रका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, विभिन्न संघसंस्था तथा समूहका प्रतिनिधि, विद्यालयका प्रतिनिधिलगाएत ४५ जना तालिममा सहभागि रहेका कोशिशले जनाएको छ।

तालिम मनोसामाजिक सुस्वास्थ्य तथा आत्महत्या हुन सक्ने सम्भाव्यताको अध्ययन गर्दै यसको रोकथाम कसरी गर्न सकिन्छ भन्नेमा केन्द्रीत रहेको थियो। तालिममा मुख्य प्रशिक्षक कोशिशका विनय पाण्डेले प्रशिक्षण गराएका थिएभने कार्यक्रम संयोजक कोशिशका सुदिप घिमिरे, मानव अधिकारकर्मी खिमलाल सुवेदी, शहरी स्वास्थ्य केन्द्र पोखरा ५ का आशिक सुवेदी र कोशिशकी नविना आचार्यले सहजीकरण गरेका थिए।

सिंचाई
Forest
Ad.

औपचारिक कार्यक्रम पोखरा वडा नं. ५का वडाध्यक्ष विष्णु प्रसाद बरालको प्रमुख आतिथ्यता र वडा ५ कै जनप्रतिनिधि कल्पना भुवाजी क्षेत्रीले अध्यक्षता गरेकी थिइन्।

तालिममा मन स्वास्थ्य भए सबै राम्रो हुदै जानेहुँदा मन स्वस्थ राख्नुपर्नेमा जोड दिइएको थियो। मनलाई स्वस्थ राख्न सके आत्महत्यालाई न्युनीकरण गर्न सकिने तालिममा सिकाइएको थियो।

तालिमपश्चात आत्महत्या न्यूनीकरणमा आफूले भुमिका खेल्ने प्रशिक्षार्थीले प्रतिवद्धता व्यक्त गरेका थिए।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया