Salime Malika Krishi Farm

Awareness Campaign

चुनाव खर्चिलो भयो, जोकोही लड्न सक्दैनन्: चित्र बहादुर केसी



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

बागलुङ: राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष तथा निर्वाचित प्रतिनिधिसभा सदस्य चित्रबहादुर केसीले अबका चुनाव जोकोहीले लड्न नसक्ने बताएका छन्।

निर्वाचन अधिकृतको कार्यालय आयोजना गरेको बागलुङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधि सभा र प्रदेश सभाका जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै अध्यक्ष केसीले चुनवा भड्किलो र धेरै खर्चिलो भएकोले अबका निर्वाचन जो कोहीले लड्न नसक्ने बताएका हुन्।

अध्यक्ष केसीले भने, ‘अब कमजोर मान्छे चुनाव नलडे हुने रैछ। जोसँग पैसा छ, उसले मात्र आँटे हुन्छ। मलाई त धेरै भड्किलो लाग्यो। चुनाव जित्नका लागि अब विचारले मात्र पुग्ने देखिएन।’

सिंचाई
Forest
Ad.

उनले राजनितिक पार्टीका सिद्धान्त विचार हरेर जनताले भोट हाल्नुपर्नेमा जोड दिए। केसीले निर्वाचनमा अहोरात्र खट्ने कर्मचारी, सुरक्षाकर्मी र मतदातालाई धन्यवाद दिँदै लोकतान्त्रिक अभ्यासमा जसले जिते पनि जनताकै काम गर्न जाने हुँदा जिम्मेवार भएर काम गर्नुपर्ने बताए।

‘म संसदमा जनताकै कामका लागि जाँदैछु । जनताको मतको उच्च सम्मान गर्नुपर्छ,’ केसीले भने, ‘यहाँ भित्र बेथिति चल्यो भने म खबरदारी पनि गर्नेछु। मेरो जिम्मेवारी पूरा गर्नेछु। आममतदातालाई पछुतो हुन दिने छैन।’

कार्यक्रममा बागलुङ-१ (१) प्रदेश सभा सदस्यमा निर्वाचित कांग्रेसका दिपेन्द्रबहादुर थापाले जनताप्रति उत्तरदायी भएर काम गर्ने बताए। उनले गण्डकी प्रदेश सभामा बागलुङका हरेक जनताको आवाजलाई बुलन्द गर्ने आफ्नो कर्तव्य रहेको बताए।

बागलुङ–१९२० का नवनिर्वाचित प्रदेश सभा सदस्य कांग्रेसका युवा नेता डिल्लीराम सुवेदीले जनताले गरेको विश्वासलाई आफूले कहिल्यै मर्न नदिने प्रतिबद्धता जनाए।

Awareness by SKF

बागलुङ १ मा गठबन्धनका साझा उम्मेदवार केसी र नेकपा एमालेका उम्मेदवार डा. सुर्य पाठकबीच प्रतिस्पर्धा भएको थियो। केसीले पाठकलाई २ हजार ६१९ मतान्तरले पराजित गरेका थिए। केसीले कुल २१ हजार ४६४ मत प्राप्त गर्दा पाठकले १८ हजार ८४५ मत प्राप्त गरेका थिए।

प्रदेश सभातर्फ कांग्रेसका थापा नेकपा एमालेका हिराबहादुर खत्रीलाई पराजित गर्दै विजयी भएका थिए। थापाले १३ हजार ८९८ मत प्राप्त गर्दा खत्रीले १२ हजार ४१८ मत प्राप्त गरेका थिए।

प्रदेश सभा (२) मा कांग्रेसका युवा नेता डिल्लीराम सुवेदी नेकपा एमालेका नेता नवराज पौडेलसंग फराकिलो मतान्तर सहित विजयी भएका थिए।

सुवेदीले १३ हजार ३७९ मत प्राप्त गर्दा पौडेलले ७ हजार २५९ मत प्राप्त गरेका थिए। सुवेदीले पौडेलले भन्दा ६ हजार १२० मत बढि लिएका थिए। सत्तागठबन्धनसंग नेकपा एमालेले एक्लै प्रतिस्पर्धा गरेको थियो। -ढोरपाटन न्यूज

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया