Smoking Causes Cancer

रुपन्देही-२ मा हस्ताक्षर नमिलेका मतपत्र भेटिएपछि मतगणना स्थगित, एमालेबाहेकका दलहरु धर्नामा



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

रुपन्देही: रुपन्देही-२ को मतगणना रोकिएको छ। एमाले उपाध्यक्ष विष्णु पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलको टक्कर रहेको यहाँ मतगणनाका क्रममा मतपेटिकामा हस्ताक्षर नमिलेका बढी मतपत्र भेटिएको छ।

पेटिकामा बढी मतपत्र भेटिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा माओवादी र नेपाली कांग्रेस लगायतका दलहरूले धर्ना दिएका छन्। एउटा बाकस गन्दै जाँदा ३३ मत बढी भेटिएको र कतिपय मतपत्रमा हस्ताक्षर नमिलेको गणनामा संलग्न शंकर गाहाले बताए।

केही मत गणना बाँकी रहँदा पेटीकामा धेरै मत भेटिएपछि अहिले गणना स्थगित गरी धर्ना शुरु भएको छ। क्षेत्र न २ का निर्वाचन अधिकृत उद्वीर नेपाली उम्मेदवारी दर्तामा पुगेका दलहरुलाई फरक-फरक व्यवहार गरेपछि विवादित छन्। एमाले बाहेकका दलहरुले केहिबेरमा पत्रकार सम्मेलन गर्न लागेका छन्।

सिंचाई
Forest
Ad.

निर्वाचन अधिकृत नेपालीले भने डाटा राख्ने विषयमा विवाद भएको र केहिबेरमा सुचारू हुने दाबी गरे। बढी मतपत्र भेटिएको नभइ डाटा राख्ने बेला महिला-पुरुषको फरक टिपिएका कारण समस्या भएको कम्प्युटर अपरेटर बुद्धि पराजुलीले बताए। -सेतोमसी

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया