Place for ads

Awareness

गुल्मीको अर्बेनीमा भोलि पुनः मतदान हुने



ओझेलका खबर संवाददाता
१ वर्ष अगाडि


Place for ads

गुल्मी: प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अन्र्तगत गुल्मी जिल्लामा स्थगित भएको मतदान केन्द्रमा मंगलवार पुनः मतदान हुने भएको छ।

जिल्लाको क्षेत्र नम्बर १ को कालीगण्डकी गाउँपालिका वडानम्बर २ अर्बेनीमा रहेको भगवती माध्यमिक विद्यालयको (क) र (ख) केन्द्रमा मंसिर ६ गते मंगलवार पुनः मतदान हुने भएको मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले बताए।

Get Vaccinated

आइतबार मतदान चलिरहेको अवस्थामा प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको मतपत्र दिने ठाउँमा प्रदेश सभाको प्रत्यक्ष तर्फको मतपत्र परेपछि निर्वाचन प्रक्रिया स्थगित गरिएको थियो । मतदान केन्द्रमा रहेका १ हजार ३६९ जना मतदाता मध्ये ६६४ जनाले मतदान गरेका थिए।

यो केन्द्र बाहेक जिल्लाका अन्य मतदान केन्द्रको मतदान सकेर जिल्ला सदरमुकाम तम्घासमा मतपेटिका ल्याइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यस्तै गुल्मी जिल्लाको मालिका गाउँपालिका वडानम्बर-५ को छापहिले माध्यमिक विद्यालयको (क) केन्द्रमा बिहान २ घण्टा रोकिएको मतदान स्थानीय दलका प्रतिनिधिसँग गरिएको सहमति पश्चात मतदान पुनः सुचारु गरिएको थियो । जिल्लामा २ लाख २३ हजार ६१५ जना मतदाता रहेका छन्। जिल्लाका २७९ वटा मतदान केन्द्रमा मतदान गरिएको थियो।

निर्वाचनको लागि २ हजार ५ सय बढि सुरक्षाकर्मी र २ हजार बढी कर्मचारी परिचालन गरिएको छ। जिल्लामा २ प्रतिनिधि सभा र ४ प्रदेश सभामा ६ जना निर्वाचित जनप्रतिनिधिका लागि ६० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया