बागलुङ: यो कथा बागलुङको बडिगाड गाउँपालिका वडा नं ७ को हो। मध्य परिवारमा जन्मिएका सानै देखि ठुलो भए पछि आर्मी बन्छु आर्मी बनेर घरको अवस्था सुधार्छु भनेर सपना देखेका थिए।
उनि सङ्ग उनको परिवारको पनि ठुलो सपना जोडिएको थियो पछि बुढेसकालमा हाम्रो सहारा बन्ला भन्ने तर यो सपना सपनामा मै सक्कियो। अहिले केही गर्नै नसक्ने अवस्थामा पुगेका छन।
सानै उमेर देखि नै आर्मी हो बन्ने सपना देखेका छोरा आर्मि बनेर घर फर्किन्छु भन्दै घर बाट निस्किएका थिए तर खोइ कस्को दैब लाग्यो कि के भयो उनि घर त फर्किए तर फेरि कहिल्यै आर्मि बन्न नसक्ने गरी फर्किए।
छोरा त्यस्तो अवस्थामा फर्केको देख्दा आमा बुबालाई कस्तो भए होला अहिले घरको अवस्था निकै नाजुक छ कतै बाट केहि सहयोग मिल्छ कि भन्दै आश गर्नु बाहेक आर्को उपाय केहि छैन।
न त आमाले काम गर्न सक्नुहुन्छ न त बाबा ले केहि गर्छ कि भन्ने छोरा नै त्यस्तो अवस्थामा छ। उनलाई परिवारले उपचार गर्न नलगेका पनि होईन्न बुटबलसम्म उपचारका लागि पुर्याए तर डाक्टरले भारत उपचारका लागि जानुपर्छ भनेपछि अहिले परिवारको बिचल्ली भएको छ।
बिहान बेलुका के खाने भन्ने पिरलो रहेको यो परिवारलाई छोराको उपचारका लागि लाग्ने थुप्रो पैसा कहाँबाट जुटाउने पिरलो छ । नत उपचार गर्न लान सकेका छन् न त छोराको त्यो अवस्थालाई टुलुटुलु हेर्न नै ।
उनीहरुको अवस्था देखेर बाँकेको खजुरा गाउँपालिका, डिगाउँ घर भई हाल सयुंक्त राज्य अमेरीकामा रहनुभएका समाजसेवी लिल बहादुर थापाले नगद रु पन्ध्र हजार रुपैयाँ सहयोग गर्नुभएको छ। अझै पनि धेरै यस्ता मनकारी व्यक्तिहरुको खाँचो भाईको उपचारका लागि छ। पुरा जानकारीको लागि जिटिभि नेपालले तैयार पारेको भिडियो हेरेर थाहा पाउनुहोस।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










