Salime Malika Krishi Farm

Awareness Campaign

नागरिकता विधेयकका सम्बन्धमा सर्वोच्चलाई राष्ट्रपतिको १२ बुँदे जवाफ



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै सर्वोच्चमा परेको रिटमा अदालतले जारी गरेको ‘कारण देखाऊ’ आदेशको राष्ट्रपति कार्यालयले लिखित जवाफ पेस गरेको छ।

राष्ट्रपति कार्यालयका सचिव यादवप्रसाद कोइरालाले सर्वोच्च अदालतमा पेस गरेको जवाफमा संसदले संविधानको धारा १० (२) र धारा १५ को’ अनिवार्य सर्त पालना गर्ने तर्फ संसदको ध्यान पुग्न नसकेकोले राष्ट्रपति संस्थाबाट विधेयकलाई, प्रमाणीकरण गर्न जरुरी नठानिएको उल्लेख छ । राष्ट्रपतिले पठाएको १२ पेज लामो जवाफमा संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुने भन्दै विधेयकमा राष्ट्रपतिले सुझावसहित संसदमा फिर्ता पठाएकोमा त्यसलाई वेवास्ता गरिएको उल्लेख छ।

‘सम्बन्धित निकायबाट संविधानको एवं प्रचलित कानुनको पालना नभएमा स्वयम् राष्ट्रपति संस्थाबाट अभिभावकीय भूमिका निर्वाह गर्दै अरू निकायलाई संविधान र कानुनको परिपालनाको लागि सचेत गराउनुपर्ने हुन्छ र त्यसैअनुरूप संविधानको पालना गराउन सुझावसहित प्रतिनिधिसभामा विधेयक फिर्ता पठाएको हो’, राष्ट्रपति कार्यालयले जवाफमा भनेको छ, ‘राष्ट्रिय एकता र स्वतन्त्रताको लागि नागरिकता जस्तो संवेदनशील विषयमा संविधानले राखेका प्रावधान र कानुनले तोकेका शर्त अनुरूप विधेयक पारित गरी प्रमाणीकरणको लागि राष्ट्रपतिसमक्ष पेश गर्नु तत्ततत्त निकायको कर्तव्य र दायित्व हो।’

सिंचाई
Forest
Ad.

राष्ट्रपतिले संविधानको धारा १० (२) र धारा १५ को’ अनिवार्य शर्त पालना गर्ने तर्फ संसदको ध्यान नपुगेकाले विधेयक प्रमाणीकरण गर्न जरुरी नठानेको जवाफमा भनिएको छ । ‘तर संविधानको धारा १० (२) र धारा १५ को’ अनिवार्य शर्त पालना गर्नेतर्फ सम्मानित संसदको ध्यान पुग्न नसकेकोले राष्ट्रपति संस्थाबाट विधेयकलाई, प्रमाणीकरण गर्न जरुरी नठानिएको हो’, सर्वोच्चमा पेश गरिएको जवाफमा उल्लेख छ।

गत असोज ६ गते राष्ट्रपति विद्यादेवी भण्डारीलाई विधेयक प्रमाणीकरणका लागि परमादेश दिन माग गर्दै अधिवक्ता सुनीलरञ्जन सिंह लगायतले ५ वटा फरक फरक रिट दर्ता गरेका थिए। उक्त रिटमाथि असोज ९ गते सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले राष्ट्रपति कार्यालयलाई कारण देखाऊ आदेश जारी गरेको थियो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया