Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मी कारागारका कैदीबन्दीलाई मतदाता शिक्षा



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गीताकुमारी बस्याल, गुल्मीः जिल्ला कारागारमा रहेका कैदीबन्दीहरुलाई मतदाता शिक्षा प्रदान गरिएको छ।

आगामी मङ्सिर चार गते हुने प्रतिनिधि सभाको समानुपातिक तर्फ कारागारमा रहेका कैदीबन्दीहरुले पनि मतदान गर्न पाउने भएकाले बदर मत कम गर्नका लागि मतदाता शिक्षा कार्यक्रम गरिएको जिल्ला निर्वाचन कार्यालय गुल्मीका सूचना अधिकारी मेघलाल पाण्डेले जानकारी दिनुभयो।

जिल्ला कारागारमा रहेका ८० जना कैदीबन्दीहरु मध्ये ३६ जनाको मतदाता नामावलीमा नाम भएकाले उहाँहरुले मतदान गर्न पाउँने गरी कारागारमा एक अस्थायी मतदान केन्द्र थप भई आएको पाण्डेले बताउनुभयो।

सिंचाई
Forest
Ad.

३६ जना मध्ये ३२ जना पुरुष र चार जना महिलाहरु रहेको कारागार कार्यालयका सूचना अधिकारी सीता भण्डारीले जानकारी दिनुभयो ।

कारागारमा रहेका कैदीबन्दीहरुलाई रेसुङगा नगरपालिका वडा नम्वर दुईकी स्वयंसेविका पुष्पा विष्टले मतदानको प्रक्रिया र मतदान गर्ने तरिकाको बारेमा जानकारी गराउनुभएको थियो।

जिल्लामा २७८ मतदान केन्द्र र १४२ मतदान स्थलहरु रहेको निर्वाचन कार्यालयले जनाएको छ। जसका लागि ५५६ जना मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुका लागि तालिम प्रदान गरिएको छ।

Awareness by SKF

तालिम पश्चात उहाँहरुलाई मतदानका लागि चाहिने सम्पूर्ण सामग्रीहरु प्रदान गर्ने कार्यक्रम रहेको कार्यालयले जनाएको छ। जसका लागि कात्तिक ३० गते र मङसिर १ गते सामग्रीहरु हस्तान्तरण गर्ने योजना बनाएको पाण्डेले बताउनुभयो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया