गुल्मी: साथीमार्ट अन्तर्गत संचालनमा रहेको वामीटक्सार शाखाबाट मुसिकोट-३ की पुतली रानाले यसपालीको ग्राहक उपहार जित्नुभएको छ।
साथीमार्ट वामीटक्सार शाखाले संचालन गरेको हप्ताभरि सबैभन्दा बढी रकमको कारोबार गर्ने एक जनाले पाउने उपहार योजना अन्तरगत उक्त उपहार रानाले जित्नुभएको संचालक सुमन कक्षपतिले जानकारी दिनुभयो।
साथीमार्टको देशभर रहेको सुविधाभन्दा यो सुविधा अतिरिक्त रहेको पनि कक्षपतिले बताउनुभयो। यो ग्राहक उपहार वामीटक्सार शाखामा मात्र लागु हुने, यहि असोज १ गतेदेखि संचालन भएको र सुरु भएको १५ हप्तासम्म रहने छ भने देशभर संचालनमा रहेको क्यासब्याक पुस १६ गतेसम्म रहनेछ।
रानाले यो हप्ता सबैभन्दा बढी कारोबार गर्नुभएकोले, उहाले तत्काल ५ प्रतिशत छुट पाउनुभयो। छुट पाइसकेपछि पनि खल्तीबाट रकम तिर्दा १० प्रतिशत क्यासब्याक पनि पाउनुभयो साथमा आकर्षक उपहार पाउदै उपहार विजेता पनि बन्नुभयो। यसरी अन्य ठाउँमा भन्दा साथीमार्टबाट कारोबार गर्दा आफुलाई धेरै खुसी मिलेको र अरुलाई मार्टबाटै कारोवार गरि प्रशस्त लाभ लिन पनि उहाँले आग्रह गर्नुभएको छ।
हाल देशभर संचालनमा आएको साथीमार्ट अफर अन्तरगत किनबेच गर्दा ४० प्रतिशत सम्म छुट र खल्तीएप्सबाट सामान किनेको रकम तिर्दा जम्मा रकमको १० प्रतिशत तुरुन्तै प्राप्त हुने साथै यो सेवा धेरै ग्राहकले उपयोग गरेको र खुसी व्यक्त गरेको साथिमार्टले जनाएको छ।
वामीटक्सारमा साथीमार्ट गत बैशाखदेखि संचालनमा आएको र नयाँ किसिमको व्यापारशैली आजको आवश्यकता रहेको कक्षपतिले बताउनुभयो। यस अघिका उपहार सजना शाक्य, ललिता तिवारी, गुन्ज बहादुर राना, सन्जय श्रेष्ठ, पुस्तकलाल श्रेष्ठ, सोलन शाक्य र साबित्रा आचार्यले जित्नुभएको थियो।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |








