Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीमा निर्वाचनको लागि झण्डै तीन हजार सुरक्षाकर्मी परिचालन गरिने



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: आसन्न मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि गुल्मीमा झण्डै तीन हजार सुरक्षाकर्मी परिचालन गरिने भएको छ।

जिल्लाको भूगोल, मतदान केन्द्रको अवस्था हेरीकन सुरक्षा व्यवस्था मिलाईएको प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेलले बताउनु भयो।

गुल्मीमा एक हजार चार सय ६० म्यादी प्रहरी , ८ सय नेपाल प्रहरी , तीन सय सशस्त्र प्रहरी र चार सयको हाराहारीमा नेपाली सेना परिचालन हुने जिल्ला प्रशासन कार्यालय गुल्मीले जानकारी दिएको छ।

सिंचाई
Forest
Ad.

निर्वाचन स्वस्थ , मर्यादित र भयरहित वातावरणमा सम्पन्न गराउन सम्पुर्ण सुरक्षा व्यवस्था मिलाइएको प्रशासनले बताएको छ । साथै कसैलाई सुरक्षाको थ्रेड भए तत्काल खबर गर्न समेत प्रमुख जिल्ला अधिकारी पौडेलले आममतदातालाई आग्रह गर्नु भएको छ। २ निर्वाचन क्षेत्र रहेको गुल्मीमा दुई सय ७८ वटा मतदान केन्द्र रहेका छन्। -प्रतिक खबर

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया