अनिल खत्री, गुल्मी: प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन गुल्मी जिल्ला कारगारबाट ३८ जना कैदीबन्दीले मतदान गर्न पाउने भएका छन्।
जिल्ला कारागारमा रहेका ८० जना कैदीबन्दी मध्ये ३८ जनाले मतदान गर्न पाउने जिल्ला निर्वाचन कार्यालय गुल्मीका सूचना अधिकारी मेघलाल पाण्डेले बताउनु भयो ।
कारागारमा मतदान गर्नका लागि एउटा अस्थायी मतदान केन्द्र पनि थपिएको जिल्ला निर्वाचन कार्यालय गुल्मीका गुलमीले जनाएको छ । जिल्लामा २७८ वटा मतदान केन्द्र निर्धारण गरिएको थियो ।
तर एउटा अस्थायी मतदान केन्द्र थपिएसँगै २७९ वटा मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ । दुई प्रतिनिधि सभा ४ प्रदेश सभा रहेको जिल्लामा २ लाख २३ हजार ६१५ जना मतदाता रहेका छन्।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







